खाना नपकाएको निहुँमा कुटपिट हुँदा श्रीमतीको मृ’त्यु, श्रीमान् प’क्राउ

खाना नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृ’त्यु भएको छ ।

भोजपुर जिल्ला अरुण गाउँपालिका घर भई हाल झापा अर्जुनधारा नगरपालिका-९ स्थित खरबानीचोक बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया प्रमीला भुजेल घिसिङलाई कुटपिट गरेका थिए ।

मादक पदार्थ सेवन गरी मातेका विश्वराजले श्रीमती प्रमीलाको पेट र छातिमा निर्घात कुटपिट गर्दा उनको मृ’त्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

घरमा उपचारका लागि विश्वराजकी आमा आएकी थिइन्। मंगलबार साँझ आमाका लागि मासु किनेर घर जाँदा बिहानेदेखिको भाँडा नमाझेको र बेलुकाको खाना पनि नपकाएको निहुँमा विश्वराजले श्रीमतीमाथि कुटपिट गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यता घटना भएलगतै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले विश्वराजलाई पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि बिर्तामोडमा राखिएको छ ।

विश्वराजको जेठी श्रीमतीबाट दुई छोराछोरी छन् भने मृतक प्रमीलाको पनि पहिलाको श्रीमानबाट एक छोरा र एक छोरी र अहिलेको श्रीमान‍्बाट आठ वर्षीय छोरी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित