बागलुङमा होली खेल्ने क्रममा झडपपछि दुई युवाको ह’त्या घटनामा सहभागी १६ जनालाई जन्मकैद

जिल्ला अदालत बागलुङले १६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। दुई वर्षअघि होली खेल्ने क्रममा बल्देधुरीमा भएको झडपपछि भीरबाट खसालेर मारिएका दुई युवाको ह’त्या आरोपमा बागलुङको बडिगाड गाउँपालिकाका १६ जना युवालाई जन्मकैद सुनाएको हो।

जिल्ला अदालत बागलुङको आदेशले ती युवा जन्मकैदमा परेका हुन्। जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले अभियोग लागेर पुर्पक्षमा परेका सबै युवालाई जेलको फैसला सुनाएको हो। घटनामा संलग्न एक बालकलाई भने सुधारगृह पठाइने भएको छ।

२०७७ सालको चैत १५ गते होलीको दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्यूठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो। स्वतस्फूर्त रूपमा लाग्ने मेलामा रमाउन गएका युवाबीच अबीर लगाएको विषयमा विवादसँगै झडप हुँदा ह’त्याको घटना भएको हो।

घटनामा बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ का प्रकाश कुँवर र दीपक परियारको मृ’त्यु भएको थियो। बडिगाड गाउँपालिका वडा नं. १० का युवाले कुटपिट गरेपछि भीरबाट खसालेर ह’त्या गरिएको आरोप लागेको थियो। घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो।

घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर १० का १८ जना युवा प’क्राउ परेका थिए। पक्राउ परेकामध्ये १५ जनालाई जन्मकैद भएको हो। दुईजना तारेखमा छुटेका थिए। एकजना उच्च अदालतको आदेश र अर्का सर्वोच्चको आदेशमा छुटेका थिए।

आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो। मुलुकी फौजदारी संहिताको दफा १७७ (२) अनुसार उनीहरूलाई जन्मकैद फैसला भएको हो।

जन्मकैद सजाय अनुसार उनीहरू सबैलाई २५ वर्ष कैद हुनेछ। घटना हुँदाका दिन १८ वर्ष नपुगेका एक बालकलाई भने सुधारगृह पठाइने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित