आज देखि नै बदलिनेछ यी राशिको भाग्य, हुनेछ माता लक्ष्मीको कृपा!

ज्योतिषशास्त्रमा ग्रहहरूको राशि परिवर्तनलाई धेरै महत्त्वपूर्ण मानिन्छ र यसले सबै १२ राशिलाई शुभ-अशुभ असर गर्छ।

जनवरी १३ मा माघे संक्रान्ति अघि, वृष राशिमा मंगल गोचर हुनेछ छ, जसले सबै राशिहरूलाई असर गर्नेछ। मङ्गल गोचरको प्रभाव केही राशिका लागि निकै राम्रो रहनेछ र उनीहरुमा लक्ष्मीको कृपा वर्षा हुनेछ।

मेष राशि: मङ्गलको राशि परिवर्तनबाट मेष राशिका मानिसलाई धेरै फाइदा हुनेछ र काममा जोस बढ्नेछ तर यसका साथ-साथै मेष राशिका व्यक्तिहरूले कुराकानीमा सन्तुलन कायम राख्नुपर्नेछ।

मेष राशिका व्यक्तिहरूले धन-सम्पत्ति प्राप्त गर्ने र परिवारका साथ कुनै पनि धार्मिक स्थलमा जान सक्नेछन्। मेष राशिका व्यक्तिहरुको भेटघाट हुन सक्छ। यस बाहेक काममा स्थानान्तरणको सम्भावना पनि सृजना भइरहेको छ।

मिथुन राशि: मिथुन राशिमा मंगल गोचरको प्रभाव पनि राम्रो रहनेछ र परिवारमा शुभ कार्य हुनेछ। मिथुन राशिका व्यक्तिहरुको व्यापार विस्तारको योजना साकार हुनेछ भने जागिरसँग सम्बन्धित व्यक्तिहरुलाई स्थानान्तरणसँगै नयाँ जिम्मेवारी मिल्ने देखिन्छ।

कपडा बाहेक मिथुन राशिका व्यक्तिहरूले उपहारस्वरूप केही बहुमूल्य वस्तुहरू पनि पाउन सक्छन्। यस बाहेक आयात–निर्यातको व्यवसायमा आबद्ध व्यक्तिले लाभको अवसर प्राप्त गर्नेछन्। रोजगारीमा रहेका व्यक्तिले उच्च अधिकारीको सहयोग प्राप्त गर्नेछन्।

कर्कट राशि : कर्कट राशिका व्यक्तिहरूले मंगल गोचरबाट लाभमा वृद्धि हुने सम्भावना छ। कार्य क्षेत्रमा उच्च अधिकारीहरूको सहयोग प्राप्त गर्नेछन् र आफ्नो मेहनतको फल पाउनुहुनेछ। यसका साथै कर्कट राशिका व्यक्तिहरूमा आत्मविश्वास भरिपूर्ण रहनेछ र पारिवारिक सुख सुविधामा विस्तार हुनेछ।

तुला राशि: मङ्गलको राशि परिवर्तनको कारण तुला राशिका लागि जागिर परिवर्तनको अवसर सृजना हुनेछ। तुला राशिको व्यक्तिले आफ्नो मेहनतको राम्रो फल पाउनेछन्।

तुला राशिका व्यक्तिहरूले धार्मिक कार्यमा भाग लिने र परिवारसँग समय बिताउने अवसर मिल्नेछ। यसका साथै दाम्पत्य जीवनको सुख पनि प्राप्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित