आज गर्नुहोस् यी मन्त्रको जप, श्री हरिको कृपाले मिल्नेछ दुःखबाट छुटकारा !

हिन्दू धर्ममा हरेक दिन- महिना कुनै न कुनै देवतालाई समर्पित छ। बिहीबार बृहस्पति देव र भगवान विष्णुको दिन हो। यस दिन विधिपूर्वक भगवान विष्णुको पूजा–आराधना गरी व्रत बस्दा श्री विष्णु प्रसन्न हुनेछन् र भक्तजनमा आशीर्वादको वर्षा हुन्छ।

बृहस्पति ग्रहलाई सुख, वैभव, विवाह, सन्तान आदिको कारक मानिएको छ। ज्योतिष शास्त्रका अनुसार जसको कुण्डलीमा बृहस्पति उच्च स्थानमा विराजमान हुन्छ, उनीहरुलाई जीवनमा सबै सुख प्राप्त हुन्छ।

कुण्डलीमा बृहस्पतिको शुभ स्थानले समाजमा व्यक्तिलाई मान सम्मान प्राप्त गर्दछ। त्यस्तै बृहस्पति कमजोर हुँदा व्यक्तिले धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ।

यसरी कुण्डलीमा बृहस्पतिको अशुभ प्रभावलाई कम गर्न र शुभ प्रभाव बढाउनको लागि ज्योतिषशास्त्रमा केही उपाय र मन्त्रको उल्लेख गरिएको छ।

बृहस्पति देवको वैदिक मंत्र: ॐ बृहस्पते अति यदर्यो अर्हाद् द्युमद्विभाति क्रतुमज्जनेषु यद्दीदयच्छवस ऋतप्रजात तदस्मासु द्रविणं धेहि चित्रम्।।

ध्यान मंत्र: रत्नाष्टापद वस्त्र राशिममलं दक्षात्किरनतं करादासीनं, विपणौकरं निदधतं रत्नदिराशौ परम्। पीतालेपन पुष्प वस्त्र मखिलालंकारं सम्भूषितम्, विद्यासागर पारगं सुरगुरुं वन्दे सुवर्णप्रभम्।।

बृहस्पति शांति मंत्र देवानाम च ऋषिणाम च गुरुं कांचन सन्निभम। बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम्।। ॐ बृं बृहस्पतये नमः।। ॐ ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः।। ॐ ह्रीं नमः। ॐ ह्रां आं क्षंयों सः ।। ॐ ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः। ॐ बृं बृहस्पतये नमः।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित