भोलि भूलेर पनि नगर्नुहोस् यी १० काम: अन्यथा हुनसक्छ निकै अनिष्ट !

सूर्य मकर राशिमा प्रवेश गर्दा यस प्रक्रियालाई उत्तरायण भनिन्छ। सूर्य उत्तरायण वा मकर राशिमा प्रवेश गर्दा संक्रान्ति मानिन्छ। यस पर्व (मकर संक्रान्ति) मा धेरै कार्यहरू निषेधित मानिन्छ।

यस दिन केही यस्ता कार्य गरिएमा मानिसलाई कुनै न कुनै हानि वा हानिको रूपमा फल मिल्ने जनविश्वास रहेको छ। ज्योतिष शास्त्रमा मकर संक्रान्तिलाई दानका लागि महत्वपूर्ण दिन मानिएको छ।

तर यस दिन केही कामहरु गर्न निषेध गरिएको छ। यो लेखमा हामी सोही कार्यको बारेमा बताउँनेछौं, जुन यस पर्वको दिन गर्नाले घाटा बेहोर्नु पर्ने हुनसक्छ।मकर संक्रान्तिमा भूलेर पनि नगर्नुहोस् यी १० काम

तामसिक भोजन नगर्नुहोस्: मकर संक्रान्तिको दिन तामसिक खाना खानु हुँदैन। अर्कोतर्फ, यस दिन प्याज-लसुनबाट टाढा रहनुपर्छ। मासुको सेवनबाट टाढै रहनुपर्छ। साथै मसलादार खाना पनि खानु हुँदैन।

अपशब्द तथा अपमान: तपाईंले कहिल्यै पनि अपशब्द बोल्नु हुँदैन र कसैको अपमान गर्नु हुँदैन। तर मकर संक्रान्ति पर्वमा यी कुराको विशेष ख्याल राख्नुपर्छ। कसैसँग गालीगलौज गर्नु हुँदैन, कसैसँग रिसाउनु हुँदैन। कसैको लागि अपमानजनक शब्दहरू प्रयोग नगर्नुहोस्।

रुख: मकर संक्रान्तिको दिन रुख का-ट्नु अशुभ मानिन्छ। साथै यस दिन तुलसी तोड्नु हुँदैन।
न-शा: यस दिन कुनै पनि प्रकारको मादक पदार्थ सेवन नगर्नुहोस्। मदिरा, चुरोट, गुटखाको सेवन गर्नु हुँदैन।

स्नान: यस दिन ननुहाइ कुनै पनि प्रकारको खानेकुरा खानबाट बच्नुपर्छ। यस दिन कुनै नदीमा गएर स्नान गर्नु पर्ने जनविश्वास छ। यदि त्यसो गर्न नसकेमा शुद्ध जलको साथ नुहाउनु पर्छ।

यसो गर्नु हुँदैन: मकर संक्रान्तिको दिन तपाईंको घरमा कोही भिखारी, भिक्षु वा वृद्ध जस्तै आएमा उसलाई रित्तो हात फिर्ता गर्नु हुँदैन।

यो कुराको पनि ध्यान राख्नुहोस्
यस दिन फसल का-ट्न पनि निषेध मानिन्छ। त्यसैले फसल काट्नु हुँदैन। मकर संक्रान्तिको दिन कपाल का-ट्नु हुँदैन। यसका साथै दार्ही पनि सेभ गर्नु हुँदैन।

मकर संक्रान्तिको दिन कसैसँग ऋण लिनु हुँदैन। मकर संक्रान्तिको दिन कुनै पनि प्रकारको खानाको अपमान गर्नु हुँदैन। साथै गाई वा भैंसीको दूध निकाल्ने जस्ता काम गर्नु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित