भोलि सोमबार: पशुपति दर्शन कसरी गर्ने ? ॐ नम शिवाय लेख्दै शेयर गर्नाले अहोभाग्य प्राप्ति हुने विश्वास

पशुपतिनाथको मन्दिर र पाशुपत क्षेत्र प्राचीनकालदेखि नै विश्वभरका सनातन हिन्दूको श्रद्धा र आस्थाको केन्द्रबिन्दु एवं पवित्र तीर्थस्थलका रूपमा रहिआएको छ ।

देवपतन, जयवागेश्वरी, गौरीघाट, चावहिल, कुटम्बहाल, सिफल, गौशाला, पिगंलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रलाई ओगटेर २६४ हेक्टरको क्षेत्रफलमा फैलिएको पशुपति क्षेत्रमा ४९२ साना–ठूला विभिन्न शैलीका मठ मन्दिर, सत्तल, ढुंगेधारा, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिकस्थल र लगभग एक हजार शिवलिंग छन् ।

पशुपति दर्शन कसरी गर्ने ? मन्दिरको पश्चिम ढोकैमा गुरूको मन्दिर छ । जुन गुरू पूर्णिमाका दिन मात्र खुला हुन्छ । पहिले यसको दर्शन गरेर भित्र जानुपर्छ । पशुपतिका मूल भट्टहरू पनि पहिले गुरूको पूजा गरेर मात्र मन्दिर भित्र प्रवेश गर्छन् ।

त्यसपछि पश्चिम गेट नजिकै रहेको गणेश र स्कन्द कुमारको दर्शन गर्नुपर्छ । त्यसपछि शंकराचार्य मठको दर्शन गर्ने । गणेशलाई दुबो र लड्डु चढाउने । धाराभन्दामाथि रहेको चाँगुनारायणको मन्दिरको दर्शन गरेर रूद्रकारेश्वरको दर्शनपछि मात्र पश्चिम मूल ढोलाको दर्शन गर्नुपर्छ ।

त्यसपछि बजरंगबली हनुमानको दर्शन गरिसकेर नटेश्वरको दर्शन गर्ने । त्यसपछि त्रिशूलको दर्शन गर्ने र सँगै रहेको अन्नपूर्ण माताको दर्शन गर्ने ।
त्यसपछि चन्डेश्वरको दर्शन गरेर पूर्व दिशामा रहेको सूर्यको दर्शन गर्ने । अनि लाल गणेशको दर्शन पछि मात्र बासुकीको दर्शन गर्न जानुपर्छ ।

बासुकी नागमा दर्शन गर्न तिल, जौ, दही, दुध, घ्यू र मह चढाउनु पर्छ । त्यसका लागि ११ सयदेखि करौडौंसम्मको विशेष पूजा हुन्छ । विशेष पूजा नगर्ने भक्तजनले सग्लो बेलपात पुजारीलाई भनेर चढाउन पाउँछन् ।

बासुकीको दर्शन पछि दाँयाबाँया बुढानिलकण्ठको दर्शन गर्ने । विष्णुलाई जौ र तिलले पूजा गर्ने । त्यसपछि पूर्वीद्वारको दर्शन गर्ने, भ्रृंगी, अष्ट चिरन्जिबीको दर्शन गरिसकेपछि बागमति नदिको दर्शन गर्ने । त्यहाँ छेउमै रहेको श्रीयन्त्रको दर्शनपछि सन्तानभरेश्वरको दर्शन गर्ने । यहाँ केही बेर आराम गर्ने ।

त्यसपछि श्रीकृष्णको दर्शन गर्ने र ल्याएको नरिवल फुटाउने । पशुपति मन्दिर परिसर भित्र यही मात्र नरिवल फुटाउन पाइन्छ । श्रीकृष्णको दर्शनपछि भैरवको दर्शन गर्ने । त्यसपछि उन्मत्त भैरवको दर्शन गरिसकेपछि शहस्र लिङ्गको दर्शन गर्ने । शहस्र लिङ्गमा बेलपात, तिल, जौ, दही, दुध, घ्यू र मह चढाउनुपर्छ ।

त्यसपछि नवदुर्गाको दर्शन गरेर नवग्रहको पूजा गर्ने । पशुपति मन्दिर दक्षिण–पश्चिम पट्टी रहेको वनग्रहमा तिल, जौ, दही, दुध, घ्यू र मह चढाउनुपर्छ । त्यसपछि नन्दिश्वर हनुमान र नन्दीलाई घुम्ने ।

अब दक्षिण ढोकाबाट मन्दिरलाई चिहाउने मात्र फेरि पूर्व जाने, त्यहाँ पनि चिहाउने र दक्षिण हुँदै पूर्वद्वारमा जाने । पूर्वद्वारसँगै रहेको तत्पुरूषको दर्शन गर्ने अनि फेरि दायाँहुँदै पश्चिम आउनुपर्छ ।

अब उत्तरमा बामदेवको दर्शन गरिसकेपछि मन्दिरको सिँडी ओर्लिने फेरि पेटीमा नचढ्ने । बाहिरबाटै पूर्वमा गएर पूर्वीद्वारबाट राम्रोसँग दर्शन गर्ने ।शिवको ध्यान गर्ने नारायणको दर्शन गर्ने, गजुरको दर्शन गर्ने र शिवको साक्षात रूप सम्झिने । यति गरेपछि पशुपति मन्दिर परिसर भित्रको पूजा र दर्शन पूर्ण हुन्छ ।

विशेष गरी शिवरात्री तथा पूर्णिमाको दिन दर्शन गरे पूण्य हुने विश्वास छ । पूर्णिमाको दिन बिहानदेखि बेलुकासम्मै पूजा गरे साक्षात शिवजीको दशर्न पाइन्छ भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित