पोखराको कन्सर्ट रद्द गर्दै मेलिना राईले भनिन्- मेरो भित्री आत्माले त्यहाँ कार्यक्रम गर्न दिएन

पोखराका लागि माघ ३ गते हुने भनिएको कार्यक्रम गायिका मेलिना राईले रद्ध गरेकी छिन् । हालै भएको पोखरा विमान दुर्घटनालाई सम्झिदै उनले यस्तो निर्णय गरेकी हुन् ।

उनले भनेकी छिन् पोखरामा दुखद घटना घटेपछि मलाई त्यो कार्यक्रम मनाउन साँच्चै गाह्रो भएको छ । उनले आफ्नो आत्माले कार्यक्रम गर्न नदिएको भन्दै भर्खरै एक स्टाटस लेखेकी छिन् ।

पोखराको कन्सर्ट रद्द गर्दै मेलिना राईले लेखेकी छिन्- नमस्ते पोखरा, म माघ ३ गते पोखरा महोत्सबमा प्रस्तुति दिनेछु भनी मैले पहिले नै जानकारी गराएको थिए, तर आज राति पोखरा महोत्सवमा मेरो उपस्थिति रद्द भएको घोषणा गर्न लाग्दा साह्रै दुःखी छु ।

पोखरामा दुखद घटना घटेपछि मलाई त्यो कार्यक्रम मनाउन साँच्चै गाह्रो छ । मेरो इज्जत र भित्री आत्माले मलाई त्यसो गर्न दिएन । त्यसैले मैले कार्यक्रम छोड्नुपर्‍यो।

म तपाईहरु सबैले मलाई माफी दिन चाहान्छु किनकि मैले कार्यक्रम रद्द गर्ने आयोजकले होइन। साथै मैले गरेको निर्णयको लागि म Sanzoo Sunar G र सम्पूर्ण आयोजक टोलीसँग माफी माग्न चाहन्छु।

प्रिय पोखरा म अर्को पटक भेट्नेछु। प्लिज आफ्नो ख्याल राख्नुहोस्। सुरक्षित रहनुहोस् र स्वस्थ रहनुहोस् ।पुन: एकपटक सबै पीडितहरूप्रति मेरो हार्दिक समवेदना भनेर उनले लेखेकी छिन् ।

यती एयरको विमान दुर्घटनापछि ७२ जनाको ज्यान जाने गरी भएको कलाकारहरुले पोखरामा र आसपासका क्षेत्रमा मनोरञ्जनसम्बन्धी कार्यक्रम तत्काललाई स्थगित गर्न थालेका छन् । जिल्ला-जिल्लामा महोत्सव र मेलापर्वको सिजन भए पनि कलाकारले तत्काल कार्यक्रममा जान अरुचि देखाएका हुन् ।

गायिका मेलिना राईले पोखरा महोत्सवअन्तर्गत बिहीबार हुने कार्यक्रमलाई स्थगित गरेको जनाएकी छन् । आफ्नो प्रतिष्ठा र भित्री आत्माले पोखरा पुगेर कार्यक्रम गर्न नदिएको उल्लेख गर्दै मेलिनाले पोखरा महोत्सवमा आफ्नो उपस्थितिलाई स्थगित गरेको बताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित