बिहान उठ्नासाथ यी कुरा देखियो भने शुभफल मिल्नेछ

हामीले कुनैपनी कार्य गर्दा शास्त्र अनुसार गरे हाम्रो जिवनमा धेरै नै राम्रो फल प्राप्त हुन्छ । हिन्दुधर्मालम्वीहरु शास्त्रमा एकदम विश्वास गर्ने हुन्छ ।

यदी सानो सानो कुरा पनी शास्त्रमा भनिएको अनुसार गरिएमा हाम्रो जिवनमा आईपर्ने समस्याहरु टरेर जान्छ । शास्त्रले भन्छ कुनै–कुनै कुरा बिहान उठ्नसाथ देखियाे भने शुभ हुन्छ । ती के–के कुराहरु हुन् तल दिर्ईएको छ ।

कुकुर : शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

गाई : विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

श्रृंगार गरेकी स्त्री : विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।

आगो : विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित