संसारकै सबैभन्दा खतरनाक बिरुवा, जसलाई छोएपछि आत्मह’त्या गर्न मन लाग्छ

देख्दा सामान्य विरूवा जस्तै देखिने जिम्पाई-जिम्पाई नामक विरूवा संसारको सबैभन्दा खतरनाक बिरुवा हो । अस्ट्रेलियाली मूलको यो बिरुवाले संयोगवश कसैको शरीर छुँदा त्यसको असर यत्ति धेरै खतरानक हुन्छ कि जसले ज्यान समेत जान सक्छ ।

त्यो व्यक्तिमा पीडाको त्यो डरलाग्दो अवधि सुरु हुन्छ जुन पीडाले गर्दा मान्छेले आत्मह’त्या गर्ने सोचसमेत गर्न थाल्छ । यही कारणले गर्दा यसलाई ‘सुसाइड प्लान्ट’ पनि भनिन्छ ।

वैज्ञानिक मारिना हलीले केही वर्षअघि अस्ट्रेलियाको वर्षावनमा अनुसन्धान गरिरहेकी थिइन् । जंगलमा खतरा हुन्छ भन्ने कुरा वैज्ञानिक भएकै कारणले उनलाई राम्रैसँग ज्ञान थियो । यहाँसम्म कि रूखविरूवाहरू पनि विषालु हुन सक्छन् ।

हुनसक्ने खतराबाट बच्नको लागि उनले हातमा वेल्डिङ ग्लोभ्स र बडी सुट लगाएका थिइन् । यसरी फरक फरक रूखविरूवाट जाने अवस्थामा नयाँ विरूवासँग उनको भेट भयो । उनी वेल्डिङ ग्लोभ्स नै लगाएर अनुसन्धान गर्ने सोचमा थिइन् तर उनको यो सोच पूरा हुन सकेन ।

उक्त जिम्पाई-जिम्पाई विरूवाको छुवाइपछि त्यसको असरले शरिरभरी पीडा हुन थाल्यो र उनी तत्काल अस्पताल भर्ना भइन् । त्यसको असरबाट मुक्त हुन उनले लामो समय पखिर्नुप-यो ।

पछि डिस्कभरीलाई दिएको अन्तरवार्तामा कसैलाई यो पीडा बिजुलीको झट्टका लगाएर माथिबाट एसिड खन्याजस्तै जस्तै अनुभव भएको बताएका छन् ।क्लीसल्याण्डको जंगलमा काम गर्नेहरू वा रूख काट्नेहरूका लागि जिम्पाईलाई मृ’त्युको अर्का नाम पनि मानिन्छ ।

प्लान्टको रिर्पोट अएपछि जंगलमा जानेहरूले श्वासप्रश्वास यन्त्र, मेटल ग्लोभ्स र एन्टिहिस्टाइमन ट्याबलेट(एलर्जी र पेनकिलर) बोकेर जान थाले । यस विरूवाको बारेमा पहिलोपटक सन् १८६६ मा रिपार्ट गरिएको थियो ।

त्यस समयमा जंगलबाट भएर जाने जनावर, विशेषगरी घोडाहरू गहिरो पीडाले मर्न थाले । अनुसन्धानबाट मर्नेहरू एउटै रूख र पातसँग सम्पर्कमा भएर जानेहरू भएको पत्ता लाग्यो ।

जिम्पाई–जिम्पाईबारे यस विरूवाको जैविक नाम डेंड्रोक्नाइड मोरोइट्स हो । जुन विरूवा अस्ट्रेलियाको उत्तरपूर्वी जंगलमा पाइन्छ । यसको सामान्य नाम जिम्पाई-जिम्पाई हो । यसको अन्य उपनामहरू सुसाइट प्लान्ट, जिम्पाई स्टिंगर, स्टिंगिंग ब्रश वा मूनलाइटर भनेर पनि चिनिन्छ । अस्ट्रेलियाबाहेक यो विरूवा मोलक्स, इन्डोनोसियामा पाइन्छ । देख्नमा सामान्य जसको पात मुटुको आकारजस्तो हुन्छ र यस विरूवाको उचाइ ३ देखि १५ फिटसम्म हुन्छ ।

किन यति धेरै विशालु ?
कपालजस्तो मेरूदण्डले भरिएको यो विरूवामा न्युरोटोक्सिन विष हुन्छ । जसले केन्द्रिय स्नायुप्रणालीलाई सिधै असर गर्छ । यसले ज्यानै समेत लिन सक्छ । यो विरूवासँग छोएको आधा घण्टापछि पीडाको तीव्रता बढ्न थाल्छ र तत्काल उपचार नपाएपछि यो झन् बढ्दै जान्छ ।

यस विरूवाको असरबाट मुक्त हुन जतिसक्दो त्यसको काँडा हटाउनुपर्छ तर यो निकै जटिल छ । यस विरूवाका काँडाहरू शरिरमा देख्न मुस्किल हुन्छ । यसलाई हटाउन खोज्दा छाला फुटेर झन् समस्या बढ्न सक्छ ।

यस विरूवालाई पूर्ण रूपमा हटाउन असम्भव छ । साथै यो इकोलोजिकल सिस्टमको लागि पनि ठीक छैन भनेर वैज्ञानिकले प्रमाणित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित