केजिएफ ३ मा अभिनेता यशले काम नगर्ने, लाखौं फ्यानहरु निराश

दक्षिण भारतीय फिल्म ‘केजिएफए २’ २०२२ मा सर्वाधिक कमाउने फिल्म हो। ‘केजिएफ च्याप्टर १’ ले पनि राम्रो व्यापार गरेको थियो। यसै फिल्मबाट अभिनेता यश कन्नड फिल्म क्षेत्रमा मात्र नभई विश्वभर चर्चित भएका हुन्।

भारतीय सञ्चारमाध्यम एसियानेट न्युजका अनुसार ‘केजिएफ ३’ मा यस अभिनय गर्न चाहँदैनन्। यसकाे तेस्राे सिरिज २०२५ मा रिलिज हुने बताइएकाे थियाे। यशको कारण ‘केजिएफ ३’ प्रदर्शन ढिला हुने अनुमान गरिएको छ।

अभिनेता यश आफ्नो छवि एकै प्रकारको नहोस् भन्ने चाहन्छन्। उनी हलिउड अभिनेता डेनियल क्राइग र जेम्स बन्डको जस्तै छवि बनोस् भन्ने चाहँदैनन्।

कन्नड भाषी फिल्मका चर्चित अभिनेता यशलाई ‘रकिङ स्टार’ को उपाधि दिइएको छ। यशले यो उपाधि यसै पाएका होइनन्। उनको धेरै वर्षको मेहनत र अब्बल अभिनयको नतिजाका कारण उनी दर्शकमाझ ‘रकी’ नामले चिनिएका हुन्।

टिभी शृंखलाबाट काम सुरू गरेका यशको पहिलो फिल्म सन् २००७ को ‘जम्बादा हुदुगी’ हो भने मुख्य अभिनेताका रूपमा रिलिज भएको फिल्म ‘रकी’ हो।

यो २००८ मा रिलिज भएको थियो। यही फिल्मबाट उनले रकी नामको पहिचान बनाएका हुन्। यही पहिचानका साथ उनी ‘केजिएफ’ सिरिजमा देखिएका हुन्।

प्रशान्त निल निर्देशित फिल्म ‘केजिएफ २’ मा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्। यो फिल्मले बक्स अफिसमा १२ सय ५० करोड भारू कमाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित