साहरुख खानकी छोरी सुहानाको यो तस्वीर किन हुँदैछ इन्टरनेटमा भाइरल ? (फोटो फिचर)

कलाकारका सन्तान त्यसै चर्चामा रहन्छन् । पाठकको रुचिको बिषय भएकाले उनीहरुको समाचार मिडियाले पनि पच्छ्याइरहन्छन् । यसै मध्येकी एक हुन् । शाहरुख खानकी छोरी सुहाना खान ।

उनी चर्चामा आइरहने ‘स्टारपुत्री’ का रुपमा चिनिन्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय सुहाना आफ्ना तस्विर र भिडियो मार्फत फ्यानसंग जोडिएकी छिन् ।

हालै उनले इन्स्टाग्रामको स्टोरीमा शेयर गरेको एउटा तस्विर भाइरल भयो । उनले मिरर सेल्फी इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी थिइन् ।सुहानाको उक्त तस्विरले धेरैलाई लोभ्यायो ।

उनको इन्स्टाग्राममा काफी फ्यान छन् । आफ्नो पढाइ सकिएपछि बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी सुहाना अभिनय सिक्ने तयारीमा छिन् । उनको यो तस्वीरको सर्बत्र तारीफ भएको छ ।

उनका पनि फ्यानहरु छन् र उनीहरु सुहाना फिल्मी क्षेत्रमा आएको देख्न चाहन्छन् । दर्शकको यही चाहना अनुरुप उनका तस्वीर खुव सेयर गरिन्छन् । अहिले सुहाना पढाईमा ब्यस्त छिन् ।

उनी चाँडै नै अभिनय क्षेत्रमा आउने बताइएको छ । उनका पिता शाहरुख खानले केही अघि भनेका थिए ‘कम्तिमा तीन वर्ष अभिनय सिकेर मात्रै सुहाना अभिनयमा प्रवेश गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित