अबको २ दिनमा हुँदै शुक्रको कुम्भ राशिमा गोचर, यी ४ राशिको भाग्य चम्किनेछ !

ज्योतिषशास्त्रका अनुसार नयाँ वर्ष २०२३ मा विभिन्न ग्रहको राशि परिवर्तनले हरेक मानिसको जीवनमा अनेक परिवर्तन ल्याउनेछ। वर्षको पहिलो महिनाको १७ तारिखको दिन क्रूर ग्रह शनिले आफ्नो राशि परिवर्तन गरेर कुम्भ राशिमा परिवर्तन गरिसकेको छ।

अर्कोतर्फ, शुक्र ग्रहले पनि अबको केही दिनमा नै गोचर गर्न लागेको छ। शुक्र ग्रह पनि २२ जनवरीको दिन कुम्भ राशिमा प्रवेश गर्नेछ। सन् २०२३ मा यो शुक्र ग्रहको पहिलो गोचर हुनेछ।

कुम्भ राशिमा शनिको स्वामित्व रहेको हुँदा यसै राशिमा पहिले नै शनि पनि अवस्थित हुनेछन्। शुक्र-शनि बीच एक-अर्कासँग मित्रताको भावना रहँदा यी ग्रहको मिलन हुँदा केही राशिका मानिसले अनेक तरिकाले लाभ उठाउनेछन्। यस्तोमा, यस लेख मार्फत जानुहोस् ग्रहचक्रमा सिर्जना हुने यस्तो मिलनका कारण कुन-कुन राशिलाई लाभ मिल्नेछ।

मेष राशि: कुम्भ राशिमा शुक्र ग्रहको गोचरले यस राशिका मानिसको जीवनमा सुख-समृद्धि आउनेछ। सफलताका अनेक ढोका खुल्नेछन् भने धन लाभ मिल्ने प्रबल सम्भावना रहेको छ। व्यापार-व्यवसायीका लागि पनि यो समय निकै सुखद रहने योग रहेको छ।

मिथुन राशि: शुक्र ग्रह कुम्भ राशिमा प्रवेश गर्दा मिथुन राशिका मानिसको अध्यात्म तर्फ मन लाग्नेछ। जसको कारण उनीहरुको मन पुण्य कार्य गर्नतिर लाग्नेछ। कार्यक्षेत्रमा तपाईंको भाग्य खुल्ने देखिन्छ। यसका साथै पदोन्नती मिल्ने पनि सम्भावना बनेको छ। शैक्षिक कार्यमा पनि अनेक लाभ मिल्न सक्छ।

सिंह राशि: सिंह राशिका मानिसका लागि शुक्रको यो गोचरले सुखद परिणाम दिनेछ। गोचरको समयमा तपाईंकोको प्रेम जीवनमा अनेक आनन्द मिल्नेछ। कार्यक्षेत्रमा पनि उचित मेहनत गरेमा निकै उत्कृष्ट नतिजा मिल्ने सम्भावना प्रबल रहेको छ।

मकर राशि: मकर राशिका मानिसले यस अवधिमा आकस्मिक धन ;लाभ प्राप्त गर्ने सम्भावना उच्च रहेको छ। आयमा वृद्धि हुने देखिन्छ। त्यस्तै, कार्यक्षेत्रमा पनि तपाईंले अनेक अवसर प्राप्त गर्नुहुनेछ। पदोन्नतीका साथै लामो समय देखिको पर्खाईमा रहेको शुभ समाचार पनि मिल्न सक्छ। प्रेम जीवन पनि सुखमय नै रहने देखिन्छ।

कुम्भ राशि: कुम्भ राशिमा नै शुक्र ग्रहको गोचर हुने हुँदा यस राशिका मानिसको जीवनमा अनेक परिवर्तन आउनेछ। कार्यक्षेत्रमा तपाईंले सहकर्मीको साथ सहयोग प्राप्त गर्नुहुनेछ।

यसका साथै उच्च-अधिकारीले तपाईंको कामको प्रशंसा पनि गर्नेछन्। कामको शिलशिलामा कतै यात्रा गर्नुपर्ने हुनसक्छ, जुन तपाईंका लागि लाभदायी हुनेछ। यस समयमा तपाईंलाई भाग्यले पूरा साथ दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित