अण्डा खाँदा भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र होला मृगौला ड्यामेज

अण्डालाई प्रोटिनको निकै राम्रो स्रोत मानिने गरिन्छ। अण्डाको सेवन गर्दा निकै फाइदा हुने गर्छ।दिनमा दुई वटा अण्डाको सेवन गर्दा तौल घटनुका साथसाथ रातो रक्त कोशिकामा सुधार पनि आउने गर्छ।

तर अण्डा खान नजान्दा त्यसले हाम्रो स्वास्थ्यलाई फाइदा हैन हानी पनि पुर्याउने गर्छ । आज हामी तपाईलाई अण्डाका केही नोक्सानका बारेमा जानकारी दिदैछौँ।

आउनुहोस् जानौँ के के छन् अण्डाका नोक्सान ?
अण्डामा एक ब्याक्टेरिया पाइने गर्छ। जसलाई साल्मोनेला भनिन्छ। यो कुखुराबाट आउने गर्छ। यदी तपाईले अण्डालाई हाम्रोसँग नपकाएर खानुभयो भने यो शरीरमा जानसक्छ।

जसले तपाईको स्वास्थ्यलाई निकै हानी पुर्याउँछ। अण्डालाई राम्रोसँग नपकाएर खाँदा कयौँ समस्या देखिन सक्छन्। जस्तै वान्ता हुनु, छाती दुख्नु वा पेट दुख्नु। त्यस्तै धेरै अण्डा खाँदा पनि स्वास्थ्यलाई नराम्रो असर पर्ने गर्छ।

अण्डामा प्रोटिनको मात्रा निकै अधिक हुने गर्छ। त्यस्तैले धेरै अण्डा खाँदा त्यसले मृगौलामा असर गर्ने गर्छ। साथसाथै यसले मृगौला ड्यामेज पनि गराउन सक्छ।

कयौँ मानिसलाई अण्डाको एलर्जी हुने गर्छ। यस्ता व्यक्तिले अण्डा खानु राम्रो मानिदैन्। यदी तपाईले सिमित मात्रामा अण्डाको सेवन गर्नुभयो भने त्यसले असर गर्दैन्। तपाईले हरेक दिन १ वा २ वटा अण्डा खान सक्नुहुन्छ। यसले शरीरलाई कुनै नोक्सान गर्दैन्। तर त्यो भन्दा धेरै अण्डा एकै पटक सेवन गर्ने गर्नुभएको छ भने सावधान रहनुहोस्। त्यसले तपाईलाई फाइदा हैन हानी पुर्याउन सक्छ।

अण्डा खानुका फाइदा
वजन घटाउँछः अण्डाले जवान देखाउने मात्र हैन वजन पनि घटाउने काम गर्छ। इम्युनिटी पावन बढाउँछः अण्डाले इम्युनिटी पावन बढाउने काम पनि गर्छ।

यसले सामान्य रुघाखोकी र फ्लूसँग लड्न सहयोग गर्छ। अण्डामा स्वास्थ्यलाई आवश्यक पर्ने भिटामिन पाइने गर्छ। स्मरण शक्ति बढाउँछः अण्डामा महत्वपूर्ण पोषक तत्व पाइने गर्छ। यसमा भिटामीन बी १२, बी ६ आदी पाइन्छ। जसले मस्तिष्क क्षमतालाई बढाउछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित