शनिको नराम्रो प्रकोपबाट बच्नको लागि किन हनुमानजीको पुजा गरिन्छ?

जसको कुण्डलीमा शनि दोष छ वा शनिको साढ़ेसाती या अढैय्या हुन्छ। ती मानिसहरूलाई शनिबार हनुमानको पूजा गर्न र शनिदेवलाई तोरीको तेल चडाउन भनिन्छ। शनिदेवको क्रोधबाट बच्न ज्योतिषीले किन हनुमानजीको पूजा गर्ने सल्लाह दिन्छन्? यसको पृष्ठभूमिमा एउटा रोचक कथा छ।

कुनै समयको कुरा हो, पवनपुत्र हनुमानजी श्रीरामको केहि काममा व्यस्त थिए। त्यहि बेला शनिदेव त्यहाँबाट जाँदै थिए। हनुमानजीलाई देखेर शनिदेवले हनुमानलाई सताउनका लागि हनुमानजी भएको ठाउँमा आइपुगे र हनुमानजी लाई नाना प्रकारले दुख दिन लागे।

तब हनुमान जीले उनलाई यस्तो नगर्न चेतावनी दिए। उनले भने कि उनी भगवान रामको काम गरिरहेका छन् यसलाई विघ्नित गर्नु हुँदैन। तर हनुमान जीको चेतावनीले शनिदेव कुनै प्रभाव पारेन। उनले फेरि सताउन थाले।

तब हनुमान जीले शनिदेवलाई आफ्नो पुच्छर घुमाएर समाते र रामको काममा व्यस्त भए। शनिदेवले आफुलाई हनुमानजीको पकडबाट स्वतन्त्र पार्न यथासक्दो गरे तर सम्भव भएन ।

हनुमान जी काम गर्दै थिए र उनको पुच्छर यहाँ त्यहाँ हल्लिरहेको थियो। शनिदेवलाई हनुमानजीको पुच्छरको चालको कारण धेरै ठाउँमा चोटपटक लाग्यो।

अर्को तर्फ, जब हनुमान जीले रामको काम पूरा गरे, उनलाई शनिदेवको सम्झना भयो । उनले शनिदेवलाई आफ्नो पुच्छरलबाट मुक्त गरे। शनिदेवले हनुमानजीसँग उनको गल्तीको लागि माफी मागे र उनले भने कि उनी कहिल्यै पनि राम वा हनुमानजीको काममा लागेको व्यक्तिलाई दुख दिदैनन्।

शनिदेवले हनुमानजी सँग घाउमा लगाउनको लागि तोरीको तेल मागे। तोरीको तेल लगाएपछि उनको चोटको पीडा कम भयो । त्यसपछि उनले भने कि जसले उनलाई तोरीको तेल चढाउछ, त्यसले उनको कष्टबाट राहत पाउनेछ।

यस पछि शनिदेवलाई शनिबारको दिन तोरीको तेल चढाउने परम्परा शुरु भयो। त्यसपछि शनिबारको दिन हनुमानजीको पूजा गर्ने परम्परा शुरु भयो, ताकि शनिदेवको क्रोधको सामना गर्नु नपरोस् र जसरी हनुमानजीले शनिदेवको पीडा कम गरे, त्यस्तै गरी उनले आफ्ना भक्तहरुको कष्ट पनि कम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित