आज शनिचरी औंशीको दिन गर्नुहोस् यी अद्भुत उपाय, यी ५ राशिले अवश्य गर्नुहोस् यस्ता उपाय !

धार्मिक मान्यता अनुसार माघ ७ गते शनिबार औंशी परेको छ। शनिबार औंशी भएकाले यस दिन शनिचरी औंशी संयोग बन्न लागेको हो। यससँगै वर्षौंपछि माघ महिनाको औंशीको दिन खप्पर योग, चतुर्ग्रही योग, षडाष्टक योग र समसप्तक योगको शुभ संयोजन बनिरहेको छ।

शनिचरी औंशीलाई शनि ग्रहसँग सम्बन्धित उपाय गर्नु अत्यन्त लाभदायक मानिन्छ। यस्तो अवस्थामा माघ ७ गते अर्थात् शनिचरी औंशीको दिन धेरै राशिका लागि विशेष मानिन्छ। जान्नुहोस् कुन-कुन राशिका व्यक्तिहरूलाई शनिचरी औंशीको उपाय लाभदायक मानिन्छ-

वर्षको १२ औंशीमध्ये यो एक मात्र अमावस्या हो, जसमा स्नान, दान, मौनताको विशेष महत्त्व छ। यस दिन मौन धारण गरी जप, तपस्या, र पूजापाठ आदि गरिन्छ। माघ शुक्ल औंशीका दिन दान गर्नाले सबै संकटबाट मुक्ति मिल्ने जनविश्वास छ।

मौन औंशी माघ ७ गते शनिबार बिहान ०६:१७ बजे सुरु हुनेछ, माघ ८ गते राती १०:२२ सम्म चल्नेछ। उदय तिथि अनुसार माघ ७ गते मौनी औंशी पर्व मनाइनेछ । यस दिन सूर्य, शनि र शुक्रको संयोगका कारण खप्पर योग बनिरहेको छ ।

अहिले कुम्भ, मकर र मीन राशिका मानिसहरुमा शनि साढेसातीको प्रभाव रहेको छ। यसबाहेक कर्कट र वृश्चिक राशिमा शनि ढैय्या सुरु भएको छ । शनिको साढेसाती र ढैय्याको समयमा व्यक्तिलाई शारीरिक, आर्थिक र मानसिक समस्या हुन्छ।

सूर्यास्तपछि पीपलको रूखको नजिक दियो बाल्नुहोस्। शनिदेवलाई तोरीको तेल चढाएर पूजा गर्नुहोस्। पिपलको रूखमा जल चढाएर पूजा गर्नुहोस्, त्यसपछि सात परिक्रमा गर्नुहोस्। हरेक शनिबार बिहान नुहाएर तेल दान गर्नुहोस्। हनुमानलाई सिंदूर र चमेलीको फूल चढाउनुहोस्।शनि चालिसा पढ्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित