१६ वर्षमा यस्ती देखिन्थिन् आलिया भट्ट : रणवीरको फिल्ममा अडिसन दिएकी थिईन्, भईन् रिजेक्ट

आलिया भट्टले आफ्नो एक दशकको फिल्मी करियरमा ठूलो र विशेष नाम कमाएकी छिन्। आफ्नो छोटो करियरमा आलिया हिन्दी सिनेमाकी सफल अभिनेत्री बनेकी छिन्।

२९ वर्षको उमेरमा नै उनलाई सुपरस्टार भन्न थालिएको छ। खैर, उनी यस उपलब्धिको हकदार पनि हुन्। आफ्नो १० वर्षको करियरमा आलियाले धेरै उत्कृष्ट फिल्ममा काम गरिसकेकी छिन्। उनको अभिनय कौशलतामा कुनै प्रश्न उठाउने ठाउँ छैन्।

आलियाले आफ्नो फिल्मी करियरको सुरुवात सन् २०१२ मा आएको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट गरेकी थिईन्। फिल्मलाई पुनित मल्होत्रा ​​र करण जोहरले निर्देशन गरेका थिए।

यस फिल्ममा आलिया भट्टले अभिनेता वरुण धवन र सिद्धार्थ मल्होत्रासँग काम गरेकी थिईन्। तीनै कलाकारको यो फिल्म बक्स अफिसमा सफल भएको थियो। यद्यपि आलियाको हिन्दी सिनेमामा डेब्यू यो फिल्मभन्दा अघि नै हुन् सक्थ्यो। तर उनी अडिसनमा छनोट भईनन्।

आलिया भट्टको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। इन्स्टाग्राममा भाइरल भइरहेको भिडियो आलियाको पहिलो अडिसनको हो। त्यतिबेला आलिया १६–१७ वर्षकी भइन्।

उनी आफ्नो पहिलो अडिसनमा निकै मोटी थिईन्। आलियाले सन् २००९ मा रणवीर कपूरको फिल्म ‘वेकअप सिड’ को लागि अडिसन दिएकी थिइन्। भाइरल भिडियोमा आलियालाई कालो र सेतो पहिरनमा देख्न सकिन्छ।

बिना मेकअप लुकमा उनी निर्बोध देखिएकी छिन्। भिडियोमा उनी रणवीरको फिल्म ‘वेकअप सिड’ डायलग बोल्दै छिन्। तर यो फिल्ममा उनी छनोट हुन् सकिनन्। फिल्मका लागि कोन्कणा सेन शर्मा छनोट भएकी थिईन्।

आलियाको यो भिडियोमा प्रयोगकर्ताले धेरै कमेन्ट गरिरहेका छन्। एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘राम्रो भयो उनी छनोट भईनन्। यो रोलको लागि उनी फिट पनि छैनन्।’ योसँगै एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि अडिसनमा आलिया सेलेक्ट भएकी भए रणवीर र आलियाको लभ स्टोरी धेरै पहिल्यैदेखि सुरु हुन्थ्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित