अब २३ दिन यी राशिलाई मिल्नेछ शुभ खबर, चम्किनेछ भाग्य !

अहिलेको समयमा ग्रहको राजा सूर्य मकर राशिमा प्रवेश गरेको छ। मकर राशिको स्वामी शनिदेव हुन्। ज्योतिषशास्त्रका अनुसार सूर्य र शनिको बिचमा शत्रुताको भाव रहेको छ।

सूर्य देव शनिको राशिमा प्रवेश गर्दा केही राशिका व्यक्तिहरूलाई अद्भुत लाभ हुनेछ। सूर्य र शनि एउटै राशिमा हुने भएकाले धेरै राशिका व्यक्तिहरूलाई पनि शुभ हुन सक्छ।

सूर्यदेव १३ फेब्रुअरीसम्म मकर राशिमा बस्नेछन्। यसपछि सूर्य देव कुम्भ राशिमा प्रवेश गर्नेछन्। यस समयमा सूर्य मकर राशिमा हुँदा कुन-कुन राशिको दिन शुभ रहनेछ-

मेष राशि: मेष राशिका लागि सूर्यको गोचर लाभदायी साबित हुन सक्छ। मेष राशिको कुण्डलीको कर्म स्थानमा सूर्यको राशि परिवर्तन भएको छ। सूर्य राशिको परिवर्तनसँगै व्यवसाय विस्तार हुनेछ। काममा गति रहनेछ। कार्यस्थलमा नयाँ अवसर मिल्ने । जागिर खोज्नेहरूले शुभ समाचार प्राप्त गर्नेछन्।

सिंह राशि: सिंह राशिको पाँचौँ घरमा सूर्यको गोचर हुने भएको छ। श्रमजीवीले आफ्नो मेहनतको फल पाउनेछन्। कार्यस्थलमा कामको प्रशंसा हुनेछ। परिवारसँग राम्रो समय बित्नेछ। सिंह राशिको स्वामी सूर्य हो। त्यसैले सिंह राशिका लागि सूर्य राशि परिवर्तन शुभ र फलदायी रहनेछ।

मीन राशि: मीन राशिका व्यक्तिहरूलाई सूर्य देव मकर राशिमा प्रवेश गर्दा लाभ मिल्नेछ। सूर्य ग्रहको प्रभावले मीन राशिका व्यक्तिहरूलाई यस समयमा गरेको लगानीबाट लाभ मिल्नेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। आर्थिक अवस्था बलियो रहनेछ। आम्दानीमा अपेक्षित वृद्धि हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित