पूर्वीय संस्कारमा ज्वाइँलाई निकै सम्मान गरिन्छ । ससुराली गएको ज्वाइँलाई (अझ नौलो ज्वाइँलाई) त सत्कारमा कुनै कमी राखिंदैन । ज्वाइँको खानपिनदेखि कपडालगायत हरेक कुराको बन्दोबस्ती निकै शानदार ढंगले गरिएको हुन्छ ।
तर कहिलेकाहीं ज्वाइँलाई गरिने सत्कारले सीमा नै नाघ्छ । हालै भारतमा एउटा भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । जहाँ ससुराली गएका एक जना ज्वाइँलाई ३७९ प्रकारका व्यञ्जन टक्राइएको छ ।
समाचार अनुसार उक्त भिडियो भारतको आन्ध्रप्रदेशस्थित पश्चिम गोदावरी जिल्लामा रहेको नरसापुरमको हो । इन्स्टाग्राममा सेयर भएको उक्त भिडियोमा दिइएको जानकारी अनुसार छोरी र ज्वाइँको स्वागतमा परिवारको तर्फबाट कुल ३७९ प्रकारका परिकार तयार गरी टक्राइएको थियो ।
पछिल्लो १० दिन लगाएर ती परिकार तयार पारिएको थियो । छोरीज्वाइँलाई पस्किएको भोजनमा ४० प्रकारको बास्नायुक्त भात, ४० प्रकारको तरकारी, २० प्रकारको रोटी अचार, १०० प्रकारका मिठाइहरु, १० प्रकारका जुसलगायत सफ्ट ड्रिंक्स तथा अन्य खानेकुरा सामेल थिए ।
उसो त उक्त गोदावरी जिल्लामा ज्वाइँको सत्कारमा कैयौंथरी व्यञ्जनको भोजन गराउने परम्परा नै छ । इन्स्टाग्राममा सेयर गरिएको भिडियोमा पहिलो संक्रान्तिका बेला गरिएको बिन्दु भोजनममा कुल ३७९ प्रकारका परिकार भोजन गरिएको उल्लेख छ । एजेन्सीको सहयोगमा
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।





















Discussion about this post