श्रीपञ्चमी नजिकिँदै जाँदा मूर्तिकारहरुलाई भ्याइ नभ्याइ (भिडियो)

धनुषा । बिहीवार श्रीपञ्चमी अर्थात सरस्वती पूजा । त्यसका लागि मधेस प्रदेशका जिल्लामा मूर्तिकारहरूलाई सरस्वतीको प्रतिमा बनाउन अहिले निकै चटारो छ ।

माग अत्यधिक रहेका कारण कालीगढहरू चिसो सिरेटोको पर्वाह नगरी मूर्ति बनाउन व्यस्त छन् । विद्याकी देवी सरस्वतीको पुजाअराधनाको दिन श्रीपञ्चमी नजिकिदै गएपछि जनकपुरधाम लगायत मधेस प्रदेशका मुर्तिकारहरुलाई सरस्वतीको प्रतिमा बनाउन भ्याइ नभ्याइ छ ।

यस वर्षको अरु सालभन्दा अलि विशेष छ । पहिले भारतीय संस्कृतिअनुसारको मूर्ति बनाइन्थ्यो । यो पालि आफ्नो मैथिली संस्कृतिको मूर्ति बनाउँदै छु । जस्तो समचखेवा, झिझियालगायत छन् । बहुअर्वाका मूर्तिकार योगेन्द्र पण्डितले भने ।

माघ १२ गते बिहीबार विधिपूर्वक मनाईने श्रीपञ्चमीका लागि तयार गरिएका यी मूर्तिहरुको मूल्य ३ देखि ३५ हजारसम्म पर्छ । मधेस प्रदेशमा मात्रै पाँच करोड रुपैयाँ बराबरको मूर्तिको कारोबार हुन्छ । मुर्ति बेचेर राम्रो आम्दानी हुने भएपछि मूर्तिकारहरु पनि उत्साहित छन् ।

धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा शैक्षिक सस्ंथा र गाँउघरमा सरस्वती पूजा धुमधामका साथ मनाउने चलन छ । केही वर्ष यता यो क्रम निकै बढेर गएपछि मूर्तिकारहरुले व्यवसायिकरुपमा देवी देउताको प्रतिमा बनाउन थालेका हुन् ।

मूर्तिकारहरुले सरस्वती पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा, लक्ष्मी पूजा, कृष्ण जन्माष्टमी लगायतका उत्सवहरुमा मूर्ति बेचेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित