बुटवल । रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ ।
आमनागरिकको जीवनमा गलत प्रभाव पार्ने प्रकृतिको गतिविधि र दृश्य रेष्टुरेन्टमा देखिएकोले अर्को आदेश नभएसम्मका लागि बन्द गराइएको हो ।
एक महिनाअघि देवकोटा चोकमा सञ्चालनमा आएको रेष्टुरेन्टमा जेल र जेलको कोठा जस्तो संरचना, हातमा हतकडी लगाउने, फासी तथा आत्मह’त्या गर्न प्रयोग गरिने (पासो) नाइनलको डोरी, बन्दुकहरु सजाइएको भेटिएकोले ती सबै वस्तु बरामद गरी रेष्टुरेन्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।
उक्त रेष्टुरेन्टमा खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा आलोचित बनेपछि स्थानीयको गुनासोको आधारमा प्रशासनले सोमबार साँझ रेष्टुरेन्टको अनुगमन गरी बन्द गराएको हो ।
‘रेष्टुरेन्ट सञ्चालनको उद्देश्य उपभोक्तालाई गुणस्तरीय खाना खाजा खुवाउने र कानुनले छुट दिएको मनोरन्जनयुक्त वातावरण दिने हो तर यो रेष्टुरेन्टले समाज र आमनागरिकमा गलत सन्देश दिने र गलत बाटोमा जान प्रेरित गर्ने खालका संरचना, दृश्य र सामानहरु राखेको पाइएकाले बन्द गराइएको हो,’ अर्यालले भने, ‘रेष्टुरेन्ट सञ्चालकलाई आज बोलाएका छौं, छलफलपछि कानुनअनुसार थप निर्णय हुन्छ ।’
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।





















Discussion about this post