४ शुभ योगमा वसन्त पञ्चमी मनाइँदै, हुनेछ यस्तो महत्त्वपूर्ण !

यस वर्ष वसन्त पञ्चमी माघ १२ गते बिहीबार परेको छ। माघ शुक्ल पञ्चमी माघ ११ गते साँझबाट सुरु हुनेछ। उदय तिथिका अनुसार माघ १२ गते वसन्त पञ्चमी मनाइन्छ।

धार्मिक दृष्टिकोणले यो पर्व विद्यार्थीका लागि विशेष महत्त्व राख्दछ। वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको आगमन पनि हुन्छ। यस दिन माता सरस्वतीको पनि जन्म भएको धार्मिक मान्यता रहेको छ।

वसन्त पञ्चमीको दिन विशेष गरी विद्यार्थी, कला र सङ्गीत क्षेत्रसँग आबद्ध व्यक्तिहरूका लागि विशेष मानिन्छ। वसन्त पञ्चमीको दिनमा पहेँलो रङको पनि विशेष महत्त्व छ।

कुनै क्षेत्रको शिक्षा प्रारम्भ गर्न वा कुनै शुभ कार्यको प्रारम्भ गर्नका लागि यो दिन निकै शुभ मानिन्छ। यसपटक वसन्त पञ्चमी चार शुभ योगमा मनाइनेछ।

विद्याकी देवी माता सरस्वतीको पूजा आराधनाका लागि अहिले विभिन्न स्थानमा तयारी थालेका छन्। विद्यालयमा पनि विद्याकी देवी सरस्वतीको पूजाआजा गर्ने तयारी भइरहेको छ। विद्यालयमा बालबालिकाको तर्फबाट गीत–सङ्गीत, नाटक, चित्रकला, दौड जस्ता प्रतियोगिताको कार्यक्रमको आयोजना गर्ने गरिन्छ।

वसन्त पञ्चमी पूजा विधि: यस दिन माता सरस्वतीको तस्बिर वा मूर्तिलाई पहेँलो रंगको कपडा चढाउनुहोस्।

यस दिन चन्दन, बेसार, पहेँलो वा सेतो रंगको फूल, पहेँलो मिठाई र अक्षता चढाउनुहोस्। अब पूजा स्थलमा सङ्गीत वाद्ययन्त्र र पुस्तकहरू चढाउनुहोस्। र माता सरस्वतीको पूजा गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित