आजैबाट सुरु गर्नुहोस् यस्ता उपाय; घरमा आउनेछ सुख-समृद्धि, कहिल्यै हुने छैन दु:ख !

ज्योतिष शस्त्रका अनुसार घर बनाउँदा वास्तुशास्त्रको ख्याल राख्नु अति आवश्यक छ।

घरमा राखिएको हरेक वस्तुले कुनै न कुनै कुराको प्रतिनिधित्व गर्छ, त्यसैले घरमा राखिएका हरेक वस्तुलाई वास्तु अनुसार मिलाएर राख्नु आवश्यक हुन्छ।

यस उपायको पालना गर्नाले घरमा सकारात्मक ऊर्जाको वास हुन्छ र परिवारमा सुख-समृद्धि पनि कायम रहन्छ। जान्नुहोस् केही सजिलो वास्तु उपाय जसको सहायताले घरमा सुख-समृद्धि आउनेछ।

घरमा बनाइएको पूजा स्थललाई घरको सबैभन्दा पवित्र स्थानहरू मध्ये एक मानिन्छ। वास्तुशास्त्र अनुसार घरको उत्तर-पूर्व दिशामा देवताहरूको वास हुने भएकाले यस दिशामा पूजा स्थल बनाउनु निकै शुभ मानिन्छ।

घरमा लगाइएका रुख तथा बिरुवालाई नियमित पानी हाल्नु पर्छ। सुख्खा रूख र बोटबिरुवाले जीवनमा नकारात्मक प्रभाव पार्छ। वास्तुशास्त्र अनुसार घरमा पार्किङका लागि उत्तर-पश्चिम दिशालाई सबैभन्दा शुभ मानिन्छ।

वास्तुशास्त्र अनुसार बेड: रूममा खुट्टा ढोकातिर राखेर सुत्नु हुँदैन। घर वा कोठाको सजावटमा भुलेर पनि काँडे बिरुवाहरू प्रयोग नगर्नुहोस्। अतिथि कक्ष घरको उत्तर वा पश्चिम दिशामा बनाउनु पर्छ।

वास्तुशास्त्र अनुसार घरको दक्षिण-पूर्व दिशामा अग्नि सम्बन्धी उपकरण राख्नु पर्छ। घर सधैँ सफा राख्नुहोस्। जब घरमा फोहोर हुन्छ जसको कारणले मनमा नकारात्मक सोच उत्पन्न हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित