चाणक्य नीति: श्रीमतीलाई पनि नभन्नुहोस् यी ४ कुरा,नत्र जीवन नै हुनेछ ध्वस्त !

महान् अर्थशास्त्री र कूटनीतिज्ञ चाणक्यले आफ्नो नीति शस्त्रमा जीवनसँग सम्बन्धित धेरै कुराहरु बताएका छन्। चाणक्यले महिला र पुरुषको बारेमा धेरै नियम र कुराहरू आफ्नो नीति शास्त्रमा बताएका छन्।

जसको पालना गरेर दाम्पत्य जीवन सुखी बनाउन सकिन्छ। आफ्नो पुस्तकमा उनले ती कुराहरु उल्लेख गरेका छन्, जुन कुरा गल्तीले पनि आफ्नी श्रीमतीलाई भन्नु हुँदैन।

आचार्य चाणक्यले कुनै पनि पुरुषले गल्तीले पनि आफ्नी श्रीमतीलाई आफ्नो कमजोरी नभन्ने कुरामा ध्यान दिनु पर्ने बताएका छन्। चाणक्य नीतिमा भनिएको छ कि पुरुषले आफ्नो कमजोरीलाई सधैँ पत्नीबाट लुकाएर राख्नुपर्छ।

चाणक्य नीतिमा उल्लेख छ कि पुरुषले आफ्नो अपमानको कुरा आफ्नो पत्नीलाई कहिल्यै भन्नु हुँदैन। आचार्य चाणक्यले श्रीमानको अपमान एक असल श्रीमतीले कहिले पनि सहन नसक्ने र यसबारे जानकारी पाएमा झगडा बढ्न सक्ने बताएका छन्।

दान सधैँ गोप्य रूपमा गर्नुपर्छ भनी धेरै शास्त्रहरूमा उल्लेख छ र आचार्य चाणक्यले पनि दान सधैँ गोप्य राख्नुपर्छ भन्नुभएको छ। चाणक्य नीतिमा भनिएको छ कि यदि तपाईंले कहिल्यै दान गर्नुभयो भने, यो जानकारी पत्नीलाई पनि दिनु हुँदैन।

चाणक्य नीतिका अनुसार कुनै पनि पुरुषले आफ्नी श्रीमतीलाई आफ्नो कमाइको बारेमा पूर्ण रूपमा भन्नु हुँदैन। आचार्य चाणक्यले श्रीमानको कमाइ राम्ररी थाहा भएमा श्रीमतीले बढी खर्च गर्ने र पूर्ण जानकारी नभए खर्च नियन्त्रणमा राख्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित