मेष राशि: आफ्नो शरिर हनन भएको अवस्थामा मेष राशिहरु चुप बस्दैनन् । हानि पुर्याउने र कमजोर ठानेर हेप्न खोजिएको अवस्थामा मेष राशि हुने हरु खुलेर प्रतिकारमा उत्रिन्छन् । तर अरुको मामलामा मेष राशि हुनेहरु बहादुरी देखाउन भने चाहादैनन् ।
वृष राशि: सत्यको साथ दिन वृष राशि हुनेहरु डराउँदैनन् । आफु मात्र नभई अरुलाई समस्या परेको खण्डमा डटेर लड्न वृष राशि हुनेहरु तयार हुन्छन् तर खेलकुद र साहसिक काममा भने बहादुरी देखाउन यस राशि भएकाहरु चाहादैनन् ।
मिथुन राशि: मिथुन राशि हुनेहरु धेरै नै बहादुर हुन्छन्। यिनीहरुलाई जस्तो सुकै परिस्थितिमा पनि डर लाग्दैन। दुश्मनको प्रतिकार गर्न मात्र नभई साहसिक कार्यहरुमा पनि मिथुन राशि हुनेहरु बहादुर मानिन्छन्।
कर्कट राशि: कर्कट राशि हुनेहरु स्वभावले धेरै साधारण हुन्छन्। आफूलाई धेरै माया गर्ने हुँदा कर्कट राशि हुनेहरु केहि कम बहादुर हुन्छन्। निडरता देखाउनु र बहादुरी देखाउनुलाई कर्कट राशि हुनेहरु मुर्खता सम्झिन्छन्।
सिंह राशि: सिंह राशि हुनेहरु वास्तवमै सिंह सरह बहादुर हुन्छन्। निडरता सिंह राशिको पर्याय हो। आफ्नो लागि मात्र नभई अरुको लागि पनि निडरताका साथ लड्न सक्ने यिनको स्वभाव हुन्छ। अन्याय विरुद्ध आवाज उठाउने मात्र नभई साहसी खेलकुदमा पनि सिंह राशि हुनेहरु उल्लेख्य रुपमा सहभागी हुन्छन्।
कन्या राशि: कन्या राशि हुनेहरु धेरै नै शान्त हुन्छन्। बहादुरी देखाउने भन्दा पनि प्रेमले सबैलाई नियन्त्रण गर्नुपर्छ भन्ने कन्या राशि हुनेहरुको मान्यता रहन्छ। स्वभावले कन्या राशि हरु अलि बढी नै डरपोक मानिन्छन्।
तुला राशि: तुला राशि हुनेहरु आवश्यकता अनुसार थोरै मात्र बहादुरी देखाउँछन्। सकेसम्म शान्त रहने हुँदा तुला राशि हुनेहरु केहि हद सम्म डरपोक मानिन्छन्।
वृश्चिक राशि: वृश्चिक राशि हुनेहरुका दुई रुप हुन्छन्। एक तर्फ यिनीहरु शान्त र नरम हुन्छन् भने अर्को तर्फ यसको ठिक उल्टो हुन्छन्। बहादुरी देखाउने मामलामा पनि वृश्चिक राशि हुनेहरुको दुई रुप हुन्छन्।
धनु राशि: दसौं भावमा रहने सूर्यले धनु राशि हुनेहरुको लागि नयाँ अवसरहरु शिर्जना गर्नेछ। आर्थिक रुपमा रहेका सम्पूर्ण समस्या देखि सजिलै छुटकारा मिल्नेछ भने नयाँ सम्बन्धहरुले पनि फाइदा पुर्याउनेछन्। सामाजिक कार्यमा पनि संलग्नता बढ्न सक्ला।
मकर राशि: मकर राशि हुनेहरु सकेसम्म अरुको मामलामा बहादुरी देखाउँदैनन्। तर आफूलाई परेको खण्डमा मात्रै यिनीहरुको निडरता र बहादुरी देखिन्छ। स्वभावको कुरा गर्ने हो भने मकर राशि हुनेहरुलाई डरपोक मान्न सकिन्न।
कुम्भ राशि: यी कहिले डरपोक बन्छन् र कहिले निडर हुन्छन् ठेगान नै हुँदैन। आवश्यकता अनुसार बहादुरी देखाउने भएका यिनीहरुको स्वभाव हुन्छ। तर केहि हद सम्म कुम्भ राशि हुनेहरुको मन भित्र डर भने पक्कै हुन्छ।
मीन राशि: स्वभावमा धेरै चलाख मानिने मीन राशि हुनेहरु धेरै बहादुर हुन्छन्। बहादुरी सँग–सँगै निडरता यिनको प्रतिक हो। खेलकुद देखि साहसिक कार्यमा मीन राशि हुनेहरु सहभागी हुन मन पराउँछन्।





















Discussion about this post