४ बर्षपछि बलिउड नायक साहरुख खानले आफूलाई बक्स अफिसमा ब्लकबस्टर कमब्याक गराएका छन् । उनी, अभिनित फिल्म ‘पठान’ले बक्स अफिसमा सुनामी नै ल्याएको छ ।
विश्व बजारमा पहिलो दिनमै सय करोड माथिको ग्रस कलेक्शन गर्ने पहिलो बलिउड फिल्म समेत ‘पठान’ बनेको छ । यो फिल्मले विश्व बजारमा बुधबार १०६ करोडको ग्रस कलेक्शन गरेको हो ।
फिल्मले भारतमा मात्र ५७ करोडको नेट कलेक्शन गर्दा ओभरसिजमा ३६.६९ करोडको कमाई गरेको छ । यो फिल्मले बक्स अफिसमा ‘केजीएफ २’ले बनाएको ओपनिङ कलेक्शनको रेकर्डलाई समेत पछाडि छोडिदिएको छ ।
फिल्मले हिन्दी भाषामा ५५ करोड र अन्य भाषामा २ करोडको व्यापार गरेको छ । फिल्मको ब्लकबस्टर व्यापारले बलिउडलाई फेरि लयमा फर्काएको विश्लेषण भैरहेको छ ।
सिद्धार्थ आनन्दको एक्सनले भरिएको फिल्म हेर्न दर्शकको लामो लाइन हल बाहिर छ । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहिम पनि मुख्य भूमिकामा छन् । यो फिल्मले आज बिहिबार भारतमा मात्र हिन्दी भाषामा ६५ करोड माथिको नेट कलेक्शन गर्ने अनुमान गरिएको छ ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।





















Discussion about this post