छोराकाे मृ’त्युपछि ७० वर्षीय बाबुले गरे २८ वर्षीया बुहारीसँग विवाह, तस्विर भाइरल हुदै!

भारत, उत्तर प्रदेशको गोरखपुरमा एक ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारीसँग विवाह गरेका हुन् । छोराको नि’धनपछि आफ्नै बुहारीसँग विवाह गरेका हुन् ।

दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । यतिबेला यो खबर चर्चाको विषय बनेको छ । जानकारी अनुसार यो घ’टना गोरखपुरको बधलगञ्ज चौकी क्षेत्रसँग सम्बन्धित छ । कैलाश यादव छपिया उमराव गाउँका बासिन्दा, उनी बरहलगञ्ज प्रहरी चौकीमा चौकीदार छन् ।

उनले बुहारी पूजासँग बिहे गरेका छन् । कैलाश ७० वर्षका छन् भन् पूजा २८ वर्षकी भइन् । यो जोडीबीच ४२ वर्षको अन्तर छ । सोहीकारण यो कुरालाई लिएर धेरैजना हैरान छन् । कैलाशकी श्रीमतीको १२ वर्षअघि नै मृ’त्यु भइसकेको थियो ।

उनका चार सन्तान थिए । तर एक छोराको केही वर्षअघि मृत्यु भएको थियो । उनको मृ’त्युपछि उनकी बुहारी पूजा सोही घरमा बस्दै आएकी थिइन् । त्यसपछि कैलाशले उनीसँग विवाह गरेका हुन् । दुवैले आपसी सहमतिमा विवाह गरेको खबर सार्वजनिक भएको छ ।

छोराको मृत्युपछि कैलाशले बुहारीको अर्कैसँग बिहे गर्दिएका थिए । तर, सो विवाहमा केही समस्या आएपछि पूजा पुरानै घरमा फर्किइन् । घर फर्किएपछि उनी पहिलो पटक ससुरालीमा आइन् ।

त्यसपछि पूजाको भविष्यका लागि भनेर कैलाशले बुहारीसँग विवाह गरेका हुन् । यो कुरा प्रहरीसम्म पनि पुगेको छ । प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार यस सम्बन्धमा कुनै उजुरी परेको छैन । प्रहरीका अनुसार यो दुई व्यक्तिको आपसी मामिला हो । उजुरी परेमा प्रहरीले अनुसन्धान गर्न सक्ने कुरा पनि स्पष्ट पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित