पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ।
उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै महत्वपूर्ण तथा लाभदायक मानिन्छ । हरेक बिहान भिजेको चना चपाउनुका फाइदा यी हुन्:
भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ । भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ । हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् ।
यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ । भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ । पटक-पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ रु यदि त्यसो हो भने नियमित रुपमा रहेक बिहान भिजेको चना खाने गर्नुस् ।
छालालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाद, धब्बा जस्ता समस्या कम गर्नका लागि पनि नियमित रुपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ । शरीरको वजन वृद्धि गर्न, मांशपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नुपर्दछ । भिजेको चनाको नियमित सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै रुघाखोकीको समस्या पनि कम गर्दछ ।
रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ । चना आइरनको राम्रो श्रोत हो । भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ ।
यो पनि,अण्डा खाएपछि दुध पिउनुहुन्छ कि हुँदैन ? के भन्छन् विज्ञ? अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डा प्रोटिनको उत्तम स्रोत मध्ये एक हो । यसका साथै यसमा फोलेट, भिटामिन बीफाइभ, बी१२, बीटु, डी, फस्फोरस, सेलेनियमजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ ।
दैनिक अण्डा खाँदा तपाईंलाई शारीरिक तवरले स्वस्थ मात्र राख्दैन, यो तपाईंको छाला र कपालको लागि पनि धेरै फाइदाजनक हुन्छ । तर अण्डा र दुध सँगसँगै खान हुन्छ कि हुँदैन भनेर धेरैजना अन्यौलमा हुन्छन् किनभने अण्डा खाएपछि दुध पिउनेबारे विभिन्न धारणा छन् ।
धेरैले दुध र अण्डा सँगै खानु निकै फाइदाजनक हुन्छ भन्ने गर्छन्, यस्तै केही मानिसहरु दुधसँग अण्डा खाँदा स्वास्थ्यलाई हानी हुन्छसमेत भन्ने गर्छन् । अण्डा खाएपछि दुध पिउने कि नपिउने ?
यसबारे थाहा पाउनका लागि एक भारतीय सञ्चार माध्यमले भारतकी क्लिनिकल न्युट्रिसनिष्ट तथा डायटिसियन गरिमा गोयलसँग कुराकानी गरेको छ । यसलाई रातोपाटीले अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छ ।
के अण्डा खाएपछि दुध पिउन सकिन्छ ? डायटिसियन गरिमाका अनुसार अण्डा र दुध दुबै पोषक तत्वले भरिपूर्ण खानेकुरा हुन् । अण्डा र दुध फिटनेस प्रेमीहरूको मनपर्ने खाना संयोजन हो । दुवै स्वस्थ बोसो, प्रोटीन, एमिनो एसिड र क्याल्सियमले भरिपूर्ण छन् । जसले गर्दा यसले मस्तिष्कको विकास र मस्तिष्कको कामलाई राम्रो बनाउन मद्दत गर्छ ।
सामान्यतया अण्डा खाइसकेपछि दुध पिउँदा स्वास्थ्यमा कुनै हानी हुँदैन । बरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता, हड्डी, जोर्नी, मांसपेशी बलियो बनाउनुका साथै, तौल व्यवस्थापनमा पनि यो निकै उपयोगी हुन्छ । त्यसैले धेरैजसो हेल्थ एण्ड फिटनेस एक्सपर्टले अण्डा र दुध खान सल्लाह दिन्छन् ।
के अण्डा खाइसकेपछि दुध पिउनुका केही बेफाइदा छन् ? अण्डासँगै दुध पिउँदा स्वास्थ्यलाई हानि हुन्छ कि हुँदैन, यो कुरा तपाईंले अण्डा कसरी खाइरहनुभएको छ भन्ने कुरामा भर पर्छ । यदि तपाईंले काँचो अण्डामा दुधमा मिसाएर खाँदै हुनुहुन्छ भने त्यसले केही समस्या निम्त्याउन सक्छन् । जस्तै, पेट फुल्ने, बेचैनी, पेट दुख्ने, वान्ता हुने र पखाला लाग्ने जस्ता समस्याहरू देखापर्छन् ।
तर दुधसँग पकाएको अण्डा खानु पूर्णतया सुरक्षित छ । तर, यदि कुनै व्यक्तिलाई दुई खानेकुराबाट एलर्जी छ भने, यो संयोजन हानिकारक पनि हुन सक्छ । उमालेको वा पकाएको अण्डा खाएपछि दुध खान सकिन्छ तर काँचो अण्डा सँग दुध सकेसम्म नखाएकै राम्रो ।
अण्डा खाएको कति घण्टा पछि दुध पिउने ? आहारविद् गरिमाका अनुसार अण्डा खाएपछि कति समयपछि दुध खाने भन्ने कुराको निश्चित समय छैन । यी दुई सँगै पनि खान सकिन्छ । अण्डा खाएको केही समयपछि असहज महसुस हुन्छ भने केही बेरपछि मात्रै दुध खान सक्नुहुन्छ । दुध र अण्डा सँगै वा भिन्न भिन्न पनि खान सकिन्छ ।





















Discussion about this post