शौचालयमा फोन चलाउँदा हुनसक्छ पाइल्स, बेलैमा ख्याल गर्नुहोस्

अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो। खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन्। शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन्।

डाक्टरहरूले दिसा गरिरहँदा फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले खराब भएको चेतावनी दिएका छन्। शौचालयमा फोन चलाउँदा पाइल्स हुने सम्भावना रहने बताइएको छ।

मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ। फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ। जसले गर्दा पाइल्स हुने जोखिम बढ्छ। हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन

प्रयोगसम्बन्धी एउटा सर्भे गरेको थियो। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने बताएका थिए। आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने बताएका थिए।

प्यासिएन्ट डट इन्फोकी क्लिनिकल डाइरेक्टर डा.सराह जार्भिसले शौचालयमा धेरै समय मोबाइल फोन चलाउँदा पाइल्स हुने सम्भावना बढ्ने बताइन्। दिसा बस्दा कन्नुपर्ने अवस्था र कब्जियतले पाइल्स हुन्छ,’ डा. जार्भिसले भनिन्, ‘शौचालयमा धेरै बेर बस्दा पनि पाइल्सको समस्या हुन सक्छ।’ उनले शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित