घरको सुख, समृद्धि घरमा राखिने बस्तुमा पनि निर्भर गर्दछ। शास्तुशास्त्रका अनुसार घरमा केही यस्ता चिज हुन्छन्,जसले तपाई हामीलाई हानी पुर्याउने गर्दछन्।
आज हामी त्यस्ता केही बस्तुका बारेमा जानकारी दिदै छौँ। वास्तुशास्त्र अनुसार तपाईको घरमा राखिएका त्यस्ता व्यस्तु हटाउनु भयो भने तपाईको घरमा वास्तु दोषको प्रभाव हट्न सक्छ। यी बस्तु आजै हटाउनुहोस्:
१) भगवान शिव माथि चढेको देवी कालीको रुप भएको तस्विर घर राख्नु राम्रो मानिँदैन। शिव भन्दा माथि खुट्टो भएको कालीको तस्विरले घरमा नकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रमा उल्लेख छ।
२) बिग्रिएको घडी तत्काल मर्मत गर्नुस् वा बाहिर लगेर राख्नुस्। बन्द भएको घडी घरमा राख्दा प्रगतिमा बाधा उत्पन्न हुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।
३) घरमा देवी देवताको टुटे फुटेको मुर्ति नराख्नुस् । यसले घरमा नकारात्मक उर्जा पैदा गर्छ र कलह र अशान्ति निम्त्याउँछ।
४) शविलङ्गिको पुजा मन्दिरमा गर्नु लाभदायी हुन्छ तर घरमा शिव लिङ्ग राख्नु राम्रो मानिँदैन । वास्तुको दृष्टिमा शिव लिङ्ग घरमा अनिष्टकारी मानिन्छ।
५) घरमा ऐना, झ्याल वा ढोकाको शिशा फुटेको छ भने तत्काल बदल्नुस् । फुटेको शिशाले नकारात्मक उर्जा पैदा गर्छ र सम्बन्धमा नकारात्मक असर गर्ने माानिन्छ । यसले गर्दा आर्थिक आम्दानीमा बाधा पैदा हुन सक्छ।
६) फुटेका भाँडा वा विग्रेका विद्युतीय सामान घरमा नराख्नुस् । यसले नकारात्मक उर्जा पैदा गर्छ । यस्ता विग्रेका वा फुटेका सामानले घरको शुख शान्तिमा वाधा उत्पन्न गर्ने हुँदा यिनलाई तुरुन्त घरबाट हराउनु राम्रो मानिन्छ ।
७) भगवान शिवको नाचिरहेको मुर्ति अर्थात नटराजको मुर्ति घरमा राख्नु अशुभ माानिन्छ। नटराज शिवको उग्र रुप भएका कारण यसले नकारात्मक उर्जा पैदा गर्छ। त्यसैले यस्ता तस्वीर लगाउनु भएको छ भने आजै हटाउदा शुभ हुनेछ ।





















Discussion about this post