सेलिब्रिटीका बच्चा गर्भमा बोक्दाको हर्ष र आघात

सरोगेसी भनिने भाडाको कोखबाट बच्चालाई जन्म दिने सेलिब्रिटीहरूको बढ्दो सूचीमा गत साता अमेरिकी सञ्चारकर्मी र व्यवसायी पेरिस हिल्टन पनि थपिइन्। हामीले आफ्नो कोख भाडामा दिनेहरूको कुरा निकै कम मात्रै सुन्न पाउँछौँ। तर शन्ना सेन्ट क्लेयरले यस्तो काम गज्जब वा डरलाग्दो के हुन्छ? भनेर बताएकी छिन्।

यो समाचारमा उल्लेख गरिएका सेलिब्रिटीहरूको गोप्यता सुरक्षित गर्न उनीहरूको नाम परिवर्तन गरिएको छ। शन्नाको फोनमा बत्ती बल्छ। त्यो फोन क्याथरिनले गरेकी हुन्छिन्।

जहाँसम्म शन्नालाई सम्झना छ क्याथरिनले हेलोसम्म पनि नभनी कुरा सुरु गर्छिन्: “सुन त्यो कुरा तिमीले समाचारबाट थाहा पाउनुअघि नै म भन्न चाहन्छु। मैले अर्को पनि सरोगेट प्रयोग गरेकी थिएँ र उनले भर्खरै बच्चा जन्माएकी छिन्।”

आफूलाई सम्हाल्न शन्ना थचक्क बसिन्। क्याथरिनको बच्चा उनको कोखमा आएको केही साता मात्रै भएको थियो। क्याथरिनको आफू मात्र एक्लो सरोगेट नभएको उनले त्यही बेला मात्रै थाहा पाएकी थिइन्।

तर अब क्याथरिनले सन्नाको पेटमा भएको बच्चा पनि चाहन्छिन् त? उनको मनमा कुरा खेल्यो। त्यसको भोलिपल्टका लागि तय भएको नियमित जाँचपछि छलफल गर्ने वाचा गर्दै उनले संवाद टुङ्ग्याइन्।

“समाचार सुनेर मलाई अचम्म लागे पनि तिम्रोलागि म खुसी छु। बच्चा भएकोमा खुसी मनाउनु। मेरो जाँचपछि कुरा गरौँला,” उनले लेखिन्। क्याथरिनले उनको सन्देशको जवाफ दिइनन्। उनले भोलिपल्ट पनि कल गरिनन्।

शन्नाले महिलासम्बन्धी म्यागेजिनबाट सरोगेसीको संसारबारे पहिलो पटक थाहा पाएकी थिइन्। त्यति बेला उनका तीन जना बच्चाहरू घरबाहिर खेलिरहेका थिए र उनी तातो पिएर सोचमग्न भएकी थिइन्।

उक्त लेखले सरोगेसीलाई अनुमोदन गर्दै कसैले पैसाकै लागि गरे पनि एकल आमा वा बाबु, बाँझोपना भएका जोडी र लैङ्गिक अल्पसङ्ख्यक परिवारका लागि यो उपहार भएको तर्क गरेको थियो।

बच्चाका अभिभावक र सरोगेट आमाकाबीच हुने शक्ति र पैसा खाडल र त्यसले निम्त्याउने समस्याबारे उक्त लेखमा केही भनिएको थिएन। बल्ल ३० वर्ष पुग्दै गरेकी र यसअघिका तीन वटा गर्भावस्था सहजै पार गरेकी शन्नालाई यसले आकर्षित गर्‍यो।

उनी र उनका श्रीमान्‌ले सरोगेसी एजेन्सीमा कैयौँ प्रश्नहरूका उत्तर दिए। उनीहरूलाई मनोचिकित्सक र डाक्टरले मूल्याङ्कन गरे शन्नाको भनाइमा र वकिलसँग दर्जनौँ बैठकहरू भए।

त्यसको एक सातापछि उनलाई फोन आयो। एउटा सेलिब्रिटी जोडी जेनिफर र मार्कले उनको व्यक्तिगत विवरण हेरेर भेट्नका लागि न्यूयोर्क बोलाए। उनीहरू दयालु भएको र आफ्नो जीवनसँगै बालबच्चाबारे पनि बुझ्ने प्रयास गरेको उनले सुनाइन्।

उनले क्लिनिकमा जाने होटेल इन्धन खानेकुराको खर्च सहित र आफूले गर्दै आएको काम छोडेबापत पनि पैसा पाइन्। तीन वर्षमा उनले ५० हजार अमेरिकी डलर प्राप्त गरिन्।

उनी गर्भवती हुन निकै पटक प्रयास गर्नुपर्‍यो। तर जब उनले बच्चालाई जन्म दिइन् जेनिफर र मार्कले उनको हात समाएर आँसु झार्दै उनलाई धन्यवाद दिए। त्यसको केही महिनामा जेनिफरले नै क्याथरिनलाई चिनाइदिएकी थिइन्।

क्याथरिन निकै चर्चित परिवारकी थिइन् र लामो समयदेखि आफैँ बच्चा पाउन प्रयास पनि गरिरहेकी थिइन्। क्याथरिनले खर्च बचाउन सरोगेसी एजेन्सीमा नगई आफैँ वकिल खोजेर सम्झौता गर्ने प्रस्ताव गरिन्। यसअघि जेनिफरसँगै मानसिक अवस्थाको परीक्षणमा पनि पार पाइसकेको कारण देखाउँदै उनलाई त्यो पनि नगर्न भनियो तेस्रो पटकको अनुरोधमा उनले यो पनि मानिन्।

गर्भमा अण्डा प्रत्यारोपणका लागि पहिलो पटक क्लिनिकमा गएको बेला क्याथरिन पनि पुगेकी थिइन। उनले शरीर ढाक्ने लामो कोट लगाएकी थिइन् र उनले अङ्गालो हाल्न खोज्दा पछि हटेपछि शन्नालाई उनी अलि फरक स्वभावको भएको भन्ने लाग्यो।

आफ्ना चालकसँग शन्नालाई होटेलमा छोड्न अह्राउँदै उनी छिट्टै त्यहाँबाट बाहिरिइन्। पहिलो प्रयासमा गर्भ रहेन। दोस्रो प्रयासअघि क्याथरिनले शन्ना र उनका श्रीमान्‌लाई बेलुकाको खाना खान निम्ता गरिन्। क्याथरिनले उनलाई निजी विमान र विशेष फर्निचरहरूबारे सुनाइन्। शन्नालाई उनीहरूबीच केही कुरा पनि नमिल्ने जस्तो महसुस मात्रै भएन उनलाई निकै अप्ठ्यारो लाग्यो।

दोस्रो दिन क्लिनिकमा क्याथरिनले कुनै एउटा चक्कीको बोतल समातिरहेको देखेकी थिइन्। शन्ना निराश भएकै कारण अघिल्लो पटकको गर्भधारण प्रयास पनि सफल हुन नसकेको क्याथरिनको अनुमान थियो। उनले शन्नालाई एउटा चक्की दिइन् तर शन्नाले त्यो लिन मानिनन्।

क्याथरिनले निकै कर गरेपछि शन्नाले उक्त चक्की मुखमा राखिन्। तर यस पटक पनि उनी गर्भवती भइनन्। तेस्रो पटक उनीहरू क्लिनिकमा भेट हुँदा क्याथरिन उनकी आमासँग नयाँ घरको नमुनाबारे फोनमै व्यस्त थिइन्। यो पटक शन्नाको गर्भ रह्यो।

तर त्यसअघिको प्रयास गरिएको एक जना सरोगेटको गर्भ खेर गएको कुरा सुनाउँदै क्याथरिनले आफू उत्साहित नभएको कुरा गरिन्। त्यसमा क्याथरिनले सरोगेट आमालाई नै दोष दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित