तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमवारसम्म पानी पर्ने सम्भावना छैन ।

तर हिमाली केही ठाउँमा हिमपात हुन सक्ने सम्भावना छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पानी नै पर्ने गरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन ।

प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातकाे सम्भावना रहेकाे छ । 

तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेकाे छ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । पर्सि सोमवारपछि मौसममा सामान्य फेरबदल देखिन सक्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो ।

काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने आजको उच्चतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्न सक्ने अनुमान छ ।

विगत चार दिनको विवरण अनुसार काठमाण्डौमा गएको बुधवार न्यूनतम तापक्रम ६ दशमलव ५, बिहीवार ७, हिजो शुक्रवार ६ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो । अब बिस्तारै न्यूनतम र अधिकतम तापक्रम बढ्दै जान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित