‘शाहरूख खान अभिनेता होइनन्, मान्छेका भावना हुन्’

‘फ्यान’ र ‘जब ह्यारी मेट सेजल’ अपेक्षाअनुरूप सफल हुन नसक्दा अभिनेता शाहरूख खानका प्रशंसकलाई उनको आगामी फिल्म के-कस्तो हुने हो भन्ने थियो। शाहरूखलाई नौलो शारीरिक र चारित्रिक प्रस्तुतिमा हेर्न दर्शक उत्साहित देखिन्थे।

दुर्भाग्यवश डिसेम्बर २१, २०१८ मा रिलिज भएको आनन्द एल. राय निर्देशित ‘जिरो’ ले पनि अघिल्ला चलचित्रकै नियति बेहोर्नुपर्‍यो। समालोचकीय र व्यावसायिक आयाम दुवैमा फिल्मको नतिजा निराशाजनक रह्यो।

तीन वर्षको सिर्जनशील परिश्रम, पृथक भिएफएक्स प्रयोग र करिब दुई सय करोड भारू लागतमा बनेको फिल्मले दर्शकलाई सिनेमाघरसम्म आकर्षित गर्न सकेन। शाहरूख स्वयंले ‘जिरो’ को असफलताले आफूमा निराशा र फिल्मप्रति वितृष्णा पैदा भएको स्विकारे।

सिनेमा समालोचक, बक्स-अफिस विश्लेषक र आमदर्शक वृत्तमा पनि शाहरूखको घट्दो स्टारडम र अभिनय शिल्पलाई लिएर बहस र कटाक्ष चल्न थाले। बढ्दो उमेर र ‘रोम्यान्टिक हिरो’ छविबीचको विरोधाभासलाई मुद्दा बनाएर उनीमाथि व्यंग्य गरियो।

यी सब इन्टरनेट कोलाहलबीच शाहरूख मौन रहे। चलचित्र अभिनयबाट केही समय विश्राम लिए। लगातार असफल चलचित्रहरू र त्यसमाथि यो दुरी — शाहरूखको भावी सम्भाव्यतामा प्रश्न गर्नेहरूका लागि झन् मलजल थपियो। पुरा लेख पढ्न सेतोपाटीमा जानुहोला ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित