भनिन्छ भगवान शिव छिट्टै प्रसन्न हुने देवता हुन्। उनलाई केही नसकेमा सुद्ध जलले अभिषेक गरे पनि शिव प्रसन्न हुन्छन्। महादेवको पूजा गर्नका लागि शिवरात्रि उत्तम दिन मानिन्छ।
शिवपुराणका अनुसार महादेव र माता पार्वतीको विवाह महाशिवरात्रिको दिन भएको थियो। यस्तो अवस्थामा यस विशेष दिनमा जसले साँचो भक्ति र हृदयले उहाँको पूजा–आराधना गरे उसको सबै दुःख–कष्ट हटेर जाने जनविश्वास रहेको छ।
हरेक वर्ष फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिको दिन महाशिवरात्रि पर्व मनाइन्छ। यस पटक यो मिति १फागुन ६ गते शनिबार परेको छ। शिवरात्रिमा शनि प्रदोष व्रत पनि मनाइने भएकाले यस दिन विशेष दिन हुने गर्दछ।
यस्तो अवस्थामा यस दिन गरिने पूजाको महत्त्व बढी हुने गर्दछ। शिवरात्रिको दिन शिवको पूजा गर्नु बाहेक केही उपायहरु छन् जुन धेरै लाभदायक हुन्छ। जान्नुहोस् ती उपायहरू के-के हुन्?
महाशिवरात्रिको दिन महादेवको पूजा गर्दा ध्यान राख्नुहोस् कि जल चढाउनु अघि यसमा कालो तिल मिसाउनु पर्छ। तिल मिसाएर शिव मन्त्र जप गर्नुहोस्। यसो गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुने जनविश्वास छ।
महाशिवरात्रिको दिन भगवान भोलेनाथको रुद्राभिषेकको पनि विशेष महत्त्व छ। सम्भव भएमा यस दिन दहीले शिवको रुद्राभिषेक गर्नुहोस्। यसो गर्नाले मानिसको जीवनमा धन र उन्नति हुने जनविश्वास रहेको छ।
यस दिन शनिदेवको पनि पुजा गर्नु शुभ रहनेछ। यस बाहेक शिव चालिसा र शनि चालिसाको पाठ गर्नुहोस्। यसो गर्नाले भक्तहरूको सबै मनोकामना पूरा हुन्छ।
शिवरात्रिको दिन पूजा गर्दा अधिकांश मानिसहरूले शिवलिंगमा चम्पा वा केतकीको फूल चढाउँछन्। तर, त्यसो गर्नु शुभ मानिँदैन। भगवान शिवलाई शमी र बेलाको फूल मन पर्छ।
भगवान शिवको पूजामा अलसीको फूलको विशेष महत्त्व छ। भगवान शिवको पूजामा रातो र सेतो फूल विशेष चढाइन्छ। यसबाहेक शिवलाई बेलपत्र, धतुरो र मह चढाउनुपर्छ।
पूजाको समयमा भगवान शिवको मन्त्र जप गर्नु धेरै महत्त्वपूर्ण र शुभ मानिन्छ। त्यसैले महाशिवरात्रिमा कम्तीमा १०८ पटक महामृत्युञ्जय मन्त्र जप गर्ने प्रयास गर्नुहोस्। यसबाहेक ‘ॐ नमः शिवाय’ मन्त्रको जप गर्नु पनि शुभ मानिन्छ।





















Discussion about this post