उल्टो चाल चल्दै केतु ग्रह, ३ राशिलाई हुनेछ लाभै-लाभ !

ज्योतिषशास्त्रका अनुसार कुनै पनि ग्रहले राशि परिवर्तन गर्दा मानव जीवन र पृथ्वीमा यसको प्रभाव देखिन्छ। केही दिनमा छाया ग्रह केतु तुला राशि छोडेर कन्या राशिमा प्रवेश गर्नेछ।

केतु ग्रहलाई एक राशिबाट अर्को राशिमा प्रवेश गर्न १८ महिना लाग्छ। त्यसैले केतुको गोचरले सबै राशिलाई शुभ-अशुभ असर गर्छ। तर त्यहाँ ३ राशि छन्, जसका लागि केतुको गोचर लाभदायी साबित हुन सक्छ। कुन-कुन राशि?

मकर राशि: केतुको ग्रहको राशि परिवर्तन मकर राशिको लागि लाभदायक साबित हुन सक्छ। त्यसैले यस समयमा भाग्यशाली हुन सक्नुहुन्छ। यसका साथसाथै व्यापारमा उन्नतिको नयाँ बाटो पनि खुल्नेछ।

धार्मिक कार्यमा रुचि बढ्नेछ। यसका साथै रोजगारीमा भएका व्यक्तिले बढुवा पाउन सक्छन्। कार्यस्थलमा थप जिम्मेवारीहरू प्राप्त गर्न सक्नुहुन्छ। यो अवधिमा काम र व्यापारको सम्बन्धमा यात्रा गर्न सक्नुहुन्छ। जुन रमाइलो र लाभदायक साबित हुन सक्छ।

सिंह राशि: केतु ग्रहको राशि परिवर्तन सिंह राशिका व्यक्तिलाई शुभ र फलदायी साबित हुन सक्छ। यस समयमा सिंह राशिका व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्न सक्छन्।

यसका साथै सिंह राशिका मानिसहरुको आर्थिक पक्ष बलियो रहनेछ। दाजुभाइको नियमित सहयोगले आर्थिक लाभ मिल्नेछ। साथ-साथै साहस र बहादुरीमा पनि वृद्धि हुनेछ।

वृष राशि: केतुको गोचर वृष राशिको लागि आर्थिक रूपमा लाभदायक साबित हुन सक्छ। यस समयमा शत्रुहरूमाथि विजय प्राप्त गर्नुहुनेछ। यसका साथै पुरानो रोगबाट पनि राहत पाउन सकिन्छ।

अर्कोतर्फ अदालती मामिलाहरूमा विजय प्राप्त गर्न सकिनेछ। यस समयमा आर्थिक लाभको प्रबल संभावनाहरू प्राप्त गर्नुहुनेछ। यस समयमा आम्दानीका थप स्रोतहरू सिर्जना हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित