आज मंगलबार गर्नुहोस् यस्ता अचुक उपाय, धन-वैभवमा हुनेछ वृद्धि !

धार्मिक मान्यता अनुसार मंगलबार अञ्जनी पुत्र भगवान हनुमानको नाममा समर्पित छ। भगवान हनुमानलाई सबै दुःख हटाउने देव भनिन्छ।

यस दिन केही निश्चित उपाय अपनाएमा अवश्य मनले चाहेको फल प्राप्त हुनेछ। मंगलबारको दिन हनुमानसँग सम्बन्धित उपाय गर्नाले धन प्राप्ति हुनुका साथै संकटबाट मुक्ति मिल्छ।

मंगलबारको अचुक उपाय : मंगलबार बिहान स्नान आदि गरेपछि आफ्नो पूजा स्थलमा जानुहोस्। चाँदी वा तामाको हनुमानको मूर्तिकोलाई पश्चिम दिशामा रातो कपडा बिछ्याएर राख्नुहोस्।

स्थापित मूर्तिको ठिक अगाडि घ्यूको दियो बाल्नुहोस्। रातो आसनमा बस्दा ‘ॐ हनुमन्ते रुद्रातमकाय हम फट” पाँच हजार पटक जप गर्नुहोस्। हनुमानको मन्त्रको जप गर्दा हवनकुण्डमा गाईको घ्यू चढाउनुहोस्।

हवन समाप्त भएपछि हवनकुण्डको २१ पटक परिक्रमा गर्नुहोस्। अन्त्यमा हवनको खरानी निधार र गर्दनमा लगाउनुहोस्। यस अनुष्ठान पछि हनुमान यंत्रको सिद्धि पूर्ण हुन्छ। पूजा सिद्ध भएपछि हनुमान यंत्रलाई सधैँ आफ्नो साथमा राख्नुहोस्,

किनकि यसले तपाईको जीवनका सबै समस्याबाट छुटकारा पाउने मात्र नभई धन र सम्पत्ति सम्बन्धी आशीर्वाद प्राप्त हुन्छ। मंगलबार यो विशेष उपाय गरेपछि जीवनभर कुनै पनि प्रकारको समस्याको सामना गर्नु पर्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित