माघको अन्तिम शनिबार यी ५ राशिका व्यक्तिले अवश्य गर्नुहोस् यस्ता कार्य, पर्नेछ शनिको कृपा दृष्टि !

धार्मिक मान्यता अनुसार अनुसार कुनै न कुनै भगवानको नाममा समर्पित हुने गर्दछ। त्यस्तै शनिबार भगवान शनिदेवको नाममा समर्पित मानिन्छ।

यस दिन शनिदेवको पूजा-आराधना गर्नाले शुभ फल प्राप्त हुने जनविश्वास छ। ज्योतिषशास्त्रमा शनिदेवलाई न्यायको देवता भनिन्छ। शास्त्रका अनुसार शनिले व्यक्तिलाई कर्म अनुसार फल प्रदान गर्दछन्।

त्यसैले शनिदेवको पूजा गर्दा केही कुराको ख्याल गर्नुपर्छ ताकि कुनै किसिमको गल्ती नहोस्। ज्योतिष शास्त्रमा शनिदेवलाई प्रसन्न पार्ने धेरै उपाय बताइएका छन्। यति बेला तिथि अनुसार फागुन महिना चलिरहेको छ। फागुन महिनाको पहिलो शनिबार शनिदेवलाई प्रसन्न गर्नु अत्यन्तै शुभ मानिन्छ। जान्नुहोस्….

शनिबार हनुमानजीको मन्दिरमा गएर घोडाको नाल चढाउनाले जीवनमा आउने समस्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। शनिबार बिहान सबेरै उठेर आटाको पीठोमा चिनी र कालो तिल मिसाएर कमिलालाई खुवाउनुहोस्। यस उपायले धन सम्बन्धी समस्या हट्नेछ।

शनिबार कालो तिल, कालो कम्बल, कालो मासको दाल गरिब र अभावमा परेकालाई दान गर्नाले शनिदेवको अशुभ प्रभाव कम हुन्छ।
फागुन महिनाको पहिलो शनिबार घरमा रोटी बनाएर त्यसमा तोरीको तेल लगाएर कालो कुकुरलाई खुवाउनुहोस्। यसो गर्दा आर्थिक लाभ हुने जनविश्वास छ।

शनिको साढे साती र ढैय्याबाट छुटकारा पाउन दैनिक दशरथकृत, शनि स्तोत्रको पाठ गर्नुहोस्। दशरथ कृत शनि स्तोत्र भगवान श्री रामका पिता राजा दशरथ द्वारा रचिएको थियो। दशरथद्वारा रचित शनि स्तोत्रको पाठ गर्नाले शनिदेवको कृपा प्राप्त हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित