जीवनमा शुभ समय आउनुअघि शनिदेवले दिन्छन् यी ५ संकेतहरु !

शनिदेवको नामले सबै डराउँछन्। ज्योतिष शास्त्रमा शनिदेवलाई व्यक्तिको कर्मअनुसार फल दिने देव मानिन्छ। शनिदेवले मानिसलाई कर्म अनुसार फल दिने जनविश्वास रहेको छ । त्यसैले भनिन्छ कि मानिसले सधैँ राम्रो कर्म गर्नुपर्छ,किनकि शनिदेव क्रोधित भए धनवान पनि कङ्गाल बन्न सक्छन्। शनि देवको कृपाले जीवनमा राम्रो समय सुरु हुन लागेको छ भने देखिन्छ ५ सङ्केत-

बिहान सबेरै भिक्षा माग्दै गरेको मानिस देख्नु : शनिबार बिहान सबेरै भिखारी देखेमा उसले तपाईसँग केही मागेको मानिन्छ । त्यसैले यसलाई शुभ सङ्केत मानिन्छ । यसको मतलब यो हो कि शनिदेव तपाईंसँग प्रसन्न हुनुहुन्छ, त्यसैले भिख माग्नेलाई आफूले सकेको उचित रूपमा मद्दत गर्नुपर्छ।

सरसफाई गर्ने व्यक्तिको: शनिबार विशेष गरी सरसफाई गरेको देख्नुभयो भने यो पनि शुभ मानिन्छ। यदि तपाईको घरमा पनि कोही सरसफाई गर्ने मानिस छ भने उसलाई शनिबार केही दान गर्नुहोस्, यसले धन र अन्न बढ्छ।

कालो कुकुर: शनिबार शनि मन्दिरको अगाडि कालो कुकुर देखा पर्‍यो भने यो पनि शुभ सङ्केत हो । यस दिन कालो कुकुरलाई रोटी खुवाउनुहोस्, पक्कै पनि शनिदेवको कृपा मिल्नेछ।

कालो कागः शनिबारको दिन घरको आँगनमा पानी पिउन कालो काग आयो वा तपाईले राखेको घरको अगाडिको पानी पिउँछ भने यो निकै शुभ सङ्केत मानिन्छ ।

यो देख्ने व्यक्तिसँग शनिदेव प्रसन्न हुने जनविश्वास छ तर शनिबारको दिन कागले टाउकोमा टिक्यो भने होसियार हुन जरुरी छ । यो सङ्केत हो कि शनिदेव तपाईसँग क्रोधित हुनुहुन्छ।

कालो गाईः शनिबारको दिन कुनै महत्त्वपूर्ण काममा जाँदै हुनुहुन्छ र कालो गाई देख्नुभयो भने त्यो कार्य अवश्य पूरा हुनेछ। त्यसैले शनिबार कालो गाईको पूजा गर्नु भनिएको छ । साथै, सम्भव भएमा यस दिन कालो गाई दान गर्नुहोस्, यसले तपाईंको जीवनबाट सबै समस्याहरू हटाउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित