महाशिवरात्रिमा यसरी भगवान शिवको पूजा, पूरा हुनेछ हरेक मनोकामना

हिन्दु धर्ममा महाशिवरात्रिलाई एक धेरै महत्त्वपूर्ण पर्व मानिन्छ । यस दिन भगवान शिव-पार्वतीको विवाह भएको दिन पनि हो । यसका साथै भगवान शिव र माता पार्वतीको आशीर्वाद प्राप्त गर्नेको पनि लागि यो दिन विशेष छ ।

यस दिन पूर्ण भक्ति र अनुष्ठानका साथ भगवान शिवको पूजा गरेमा भोलेनाथले सुख, ऐश्वर्य, स्वास्थ्य सबै प्रदान गर्नुहुने मान्यता रहेको छ । साथसाथै मनोकामना पनि पूरा हुन्छ ।

शनिबार, फाल्गुन ६ गते महाशिवरात्रिको दिन, शिवलाई प्रसन्न गर्न विशेष तरिकाले पूजा गर्नुहोस्। यस वर्षको महाशिवरात्रि फाल्गुन ६ गते शनिबार परेको छ।

यस दिन भक्तजनले शिवलिंगको दर्शन पाएका थिए: पुराणका अनुसार महाशिवरात्रिको दिन भगवान शिवले आफ्ना भक्तहरूलाई शिवलिंगको रूपमा प्रकट भएर आशीर्वाद प्रदान गर्नु भएको थियो ।

यही कारणले गर्दा यस महापर्वलाई विशेष मानिन्छ र यस दिनमा शिवलिंगको अभिषेकको विशेष महत्त्व रहेको छ। महाशिवरात्रिको दिन रुद्राभिषेक पूर्ण विधिपूर्वक गरेमा शिवजीले हरेक मनोकामना पूरा गर्नु हुने मान्यता रहेको छ ।

महाशिवरात्रिमा भगवान शिवको पूजा गर्ने विधि: महाशिवरात्रिको दिन बिहान सूर्योदयअघि उठेर नुहाएर सफा वस्त्र लगाउनुपर्छ । सम्भव भएमा महाशिवरात्रिको व्रत बस्नुहोस् ।

त्यसपछि शिवलिंगलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। शिवलिंगमा जल, दूध, दही, मह, घिउ आदि एक एक गरी अर्पण गर्नुहोस्। अन्तमा सुद्ध जाला चढाउनुहोस् ।

यसपछि भगवान शिवलाई चन्दन भभूतको तिलक लगाउनुहोस् र बेलपत्र, शमी पत्र, भांग, धतुरो, फलफूल, मिठाई, सुपारी, अलैंची, लौंग, अत्तर र केही दक्षिणा चढाउनुहोस्।

यस अवधिमा पञ्चाक्षरी मन्त्र ओम नमः शिवाय वा शिवको महामृत्युञ्जय मन्त्रको जप गरिरहनुहोस्। अन्तमा, भगवान शिवलाई केसर युक्त खीर चढाउनुहोस् र त्यसपछि भगवानको प्रसाद सबैलाई बाँड्नुहोस्। यसरी पूर्ण विधिपूर्वक महाशिवरात्रिको दिन रुद्राभिषेक गर्नाले जीवनका सबै कष्ट, रोग, दुःख हट्ने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित