होलीमा यी ४ राशिमाथि हुनेछ लक्ष्मी माताको असीम कृपा, कुन-कुन राशि हुनेछन् त भाग्यशाली ?

वैदिक ज्योतिष अनुसार प्रत्येक ग्रह एक निश्चित अवधिमा एक राशिबाट अर्को राशिमा गोचर गर्दछ। फेब्रुअरी महिनामा पनि थुप्रै ग्रहहरुको राशि परिवर्तन हुनेछ। माघ २४ गते(फेब्रुअरी ७) मङ्गलबार ग्रहको राजकुमार बुधको गोचर मकर राशिमा भईसकेको छ।

फाल्गुन १ गते(१३ फेब्रुअरी) सोमबार सूर्य कुम्भ राशिमा प्रवेश गर्नेछ। त्यसपछि फाल्गुन ३ गते(फेब्रुअरी १५) बुधबार सुख-सम्पत्तिका दाता शुक्र ग्रह मीन राशिमा प्रवेश गर्नेछ। यी ग्रहका गोचरले गर्दा केही राशिका लागि होलीको समय लाभदायी रहनेछ। होलीमा चार राशिका भाग्य चम्किन सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – फाल्गुन महिनामा सिंह राशिका मानिसहरुको भाग्योदय हुन् सक्छ। भाग्यवश केही काम बन्नेछन्। जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ। सन्तानले आज्ञा पालना गर्नेछन्। व्यापारी तथा व्यवसायीको लागि समय अनुकूल छ। आयका नवीन श्रोत-साधन सिर्जना हुनेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – बुध, शुक्र र सूर्यको राशि परिवर्तनले मेष राशिका व्यक्तिहरूलाई फाइदा पुर्याउन सक्छ। यस समयमा तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ।

नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। आफ्नो बोली नियन्त्रण गर्नुहोस्। रिसरागबाट टाढै बसेको राम्रो हुनेछ। वादविवाद तथा बहसबाट टाढै बस्नुहोस्। यसको लाभ तपाईले आफ्नो भविष्यमा पाउनुहुनेछ। यो महिना जुनसुकै काममा हात हाल्दा सफलता मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – तीन ग्रहको गोचरका कारण धनु राशिका व्यक्तिले कार्यस्थलमा प्रशंसा पाउन सक्नेछन्।

उच्च अधिकारीहरू तपाईको कामबाट प्रभावित हुनेछन्। कार्यालयमा नयाँ जिम्मेवारी मिल्ने सम्भावना छ। मान सम्मानमा वृद्धि हुनेछ। यद्यपि कामको बोझको कारण मानसिक तनाव हुन सक्छ। आयमा वृद्धि हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – मिथुन राशिका व्यक्तिहरुलाई आर्थिक लाभको प्रबल सम्भावना रहेको छ। परिवारमा केही शुभ कार्य हुनसक्छ। कार्यस्थलमा उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ। उत्साहले भरिपूर्ण रहनुहुनेछ। आत्मविश्वास बढ्नेछ। श्रमजीवीहरुले नयाँ रोजगारीको अवसर प्राप्त गर्न सक्नेछन्। कामको बोझ अझ बढ्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित