मन्दिर वा पूजाघरमा हामीले घण्टीको प्रयो गरेको त देखेकै होलाउँ । मन्दिरको द्वारमा वा बाहिर घण्टी झुन्डाइएको हामीले देखेकै छौँ । यो प्रचलन प्राचीन काल देखि नै चल्दै आएको छ । विशेष रुपमा घण्टी बजाउँदा वातावरण शुद्ध हुने विश्वास रहेको छ ।
हिन्दू धर्ममा श्रृष्टिको रचनाकालमा ध्वनिलाई महत्वपूर्ण मानिन्छ । ध्वनीबाट नै प्रकाश उत्पत्ति भएको मानिन्छ ।जब पृथ्वीको उत्पत्ति भयो त्यो बेला घण्टीको ध्वनि नै नादको प्रतिक मानिन्थ्यो । जहाँ घण्टी सधैँ बज्छ त्यहाँको वातावरण पनि शुद्ध हुन्छ ।
साथै नकारात्मक शक्ति हट्ने विश्वास रहेको छ । घण्टीलाई समयको प्रतिक पनि मानिन्छ । जब प्रलय कालको समय आउँछ त्यो बेला यसै प्रकारको ध्वनि बज्ने विश्वास छ । स्कन्द पुराणका अनुसार मन्दिरमा घण्टी बजाउनाले सबै पाप नाश हुन्छन् ।
मानिसहरु धर्म गर्न भन्दै विभिन्न मन्दिर जाने वा घरमानै देव देवताको मुर्ति राखेर पूजा गर्ने गर्छ। विभिन्न तरिकाहरु अपनाएर वा विधिवत रुपमा पूजा आराधना गरेर भगवानलाई प्रसन्न गराउने कार्य गरिन्छ।
तर शास्त्रमा उल्लेख गरिए अनुसार धर्म गर्ने भगवानको पूजा मात्र नगरेर आफ्ना दैनिक क्रियाकलापहरुमा ध्यान दिन आवश्यक हुन्छ। केही मानिसहरुले आफ्नो कर्मको फल स्वरुप राम्रै प्रतिफल पाउन सक्छन भने केहीले कडा मेहेनत र परिश्रमको बावजुद पनि सफलता हाँसिल गर्न नसक्दा निराश हुने गरेका छन्। आज हामी तपाईहरुलाई आफ्नो दुर्भाग्य,सौभाग्यमा बदल्ने उपायहरु बारे जानकारी दिन जाँदै छौँ।
१. यदि तपाईको कुनै पनि कार्य पूर्ण हुने नसकेको अवस्थामा तामाको भाँडोमा पनि भरेर राती आफू सुत्ने स्थानमा राख्नुहोस र विहान उठेर सात पटक शिरदेखि चोख्याउने गर्दा तपाईका हरेक बाधा अड्चन हट्ने र बन्न नसकेका कामहरु पूर्ण हुँदै जाने गर्छ।
२. कडा मेहेनत र परिश्रमको बावजुद पनि कुनै कार्य सफल नहुने र धन संचित गर्न नसकेको स्थितिमा नियमित रुपमा गाईको पूजा गर्ने गर्नुपर्छ।
गाईलाई लक्ष्मी मानिने भएकाले विधिवत रुपमा पूजा गर्ने र विभिन्न परिकारहरु खुवाउने गर्दा लक्ष्मी माता प्रसन्न भई कृपा गर्ने हुँदा जीवनमा प्रशस्त धन आर्जन गर्न सकिन्छ।
३. यदि मंगलबारको दिन पारेर मन्दिर गई ७ पटक हनुमान चालिस पढ्ने र ६ वटा नरिवल भगवान सामु चढाउने र प्रसाद स्वरुप सबैलाई बाँडी आफू पनि खाने गर्दा भाग्य खुल्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सकिने मान्यता रहेको छ।
४. आफ्नो इष्ट देवताको पूजा नियमित रुपमा गर्ने गर्नुपर्छ। यसबाट भगवानको कृपा मिल्ने र आफूले सोचेका कामहरु सजिलै पूर्ण हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ।
५। विहान छिटै उठेर सूर्य देवतालाई तामाको भाँडोको जल अर्पण गर्दा पनि तपाईका सम्पूर्ण दुख कष्ट नाश हुने र जीवन सहज रुपमा निर्वाह गर्न सकिने मान्यता रहेको छ।





















Discussion about this post