युट्युबमा लिक भयो फिल्म कबड्डी ४ : द फाइनल म्याच

नयिकासँग भएको रिसको कारण एकजना दर्शकले कबड्डी ४ : द फाइनल म्याच चलचित्र आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका छन्। रिफा इन्टरटेन्मेन्ट नामक एक युत्युब च्यानल मार्फत करिब १ घण्टा ६ मिनेट को चलचित्र सार्बजनिक गरेका हुन्।

चलचित्रको करिब आधा भाग सार्बजनिक गरेकोमा कतिपय दर्शकले अर्को भाग पनि हाल्नु भनेका छन् भने कतिपयले यस्तो गर्नु गलत हो भनि टिप्पणी गरेका छन्। केहि दिन अघि नायिकाले आफुलाई दुर्व्यवहार गरेको भन्दै एक दर्शकलाई झापड हानेसंगै नायिकासंग धेरै जना आक्रोशित बनेका हुन्।

कबड्डी ४ : द फाइनल म्याच वि.सं २०७९ जेठ १३ का दिन सार्वजनिक गरिएको एक नेपाली कथानक, हास्यव्यङ्ग्यात्मक चलचित्र हो। राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको यस चलचित्रलाई बासुरी फिल्मस्को ब्यानरमा मणिराम पोखरेल, ओमचन्द रौनियार र सुष्मा गुरुङ्गले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर र बुद्धि तामाङको मुख्य कलाकारको मुख्य काम गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित