७० करोड भारूको भव्य घरमा कियारा र सिद्धार्थकाे हनिमुन

बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र कियारा अडवाणीको बिहे भएको तीन दिन भयो। उनीहरूले फेब्रुअरी ७ मा जैसलमेरको सूर्यगढ दरबारमा बिहे गरेका हुन्।

बिहेपछि उनीहरू ७० करोड भारू पर्ने घरमा किन्न लागेको भारतीय सञ्चारमाध्यमहरूले खबर छापेका छन् । यो घर जुहुमा छ। यो आलीशान घर सिद्धार्थले किनेका हुन्। हाल उनी पालिहिल, बान्द्रामा बस्दै आएका छन्।

उनको घर अभिनेत्री करिना कपुरको घर नजिकै छ। बिहेपछि भने सिद्धार्थ र कियारा अरेबियन सागरको दृश्यहरू देखिने भव्य घरमा सर्न लागेका बताइएको छ। सिद्धार्थ बलिउडका व्यस्त कलाकारमध्ये एक हुन्।

उनले एउटा फिल्म खेलेको भारू ७ करोड लिने गरेका भनिए पनि अझै धेरै लिने अनुमान छ। उनले विभिन्न ब्रान्डहरूका लागि पनि काम गर्छन्। विज्ञापनका लागि उनले ६० लाखदेखि एक करोड भारूसम्म लिने गरेको बताइएको छ।

सिद्धार्थका बुवा नेभीमा क्याप्टेन थिए भने कियाराका बुवा व्यवसायी हुन्। कियारा र भारतका धनाढ्य मुकेश अम्बानीकी छोरी इशा अम्बानी सहपाठी थिए।

कियारा र सिद्धार्थको बिहेमा पनि इशा अम्बानी श्रीमानसहित आएकी थिइन्। त्यस्तै अभिनेता शाहिद कपूर, उनकी पत्नी मीरा राजपूत, करण जोहर, मनिष मल्होत्रा, जुही चावलालगायत जैसलमेर पुगेका थिए।

सिद्धार्थ र कियाराको फिल्म ‘शेरशाह’ को छायांकन क्रममा प्रेम सम्बन्धको सुरूआत भएको थियो। उनीहरूले आफ्नो प्रेम सम्बन्धको बारेमा कहिल्यै खुलेर बोलेका थिएनन्।

कियारा लामो समयदेखि फिल्म क्षेत्रमा भए पनि उनले ‘कबीर सिंह’ देखि सफलता पाएकी हुन्। उनी बलिउडसँगै दक्षिण भारतीय फिल्ममा पनि सक्रिय छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित