भोलेनाथको असीम कृपा हुन्छ यी ४ राशिमा, महाशिवरात्रिमा झन् विशेष लाभ प्राप्त हुनेछ

भगवान शिवलाई प्रसन्न गर्नको लागि मानिसहरु हरेक प्रयास गर्ने गर्छन् । ताकि भोलेनाथको कृपाले जीवनका सबै दुःखहरू हटेर जीवनमा सुख प्राप्त होस्। तर भगवान भोलेनाथको असीम कृपा निश्चित व्यक्तिमा मात्रै हुन्छ। यसमा ४ राशिका मानिसहरु समावेश हुन्छन् । कुन-कुन राशिका मानिसहरुमा भोलेनाथको विशेष कृपा हुन्छ, जान्नुहोस्….

ज्योतिष शास्त्रका अनुसार ४ राशिका मानिसलाई भगवान शिवको कृपा सदैव रहन्छ । यसका पछाडि केही विशेष कारण छन् । महाशिवरात्रिको अवसरमा यी राशिका व्यक्तिहरूले शिवलाई प्रसन्न पार्ने उपाय अपनाएमा गरेका मनोकांक्षा पूरा हुन सक्छ।

मेष राशि: मेष राशिका मानिसहरु प्रति भगवान शिव सधैँ दयालु हुन्छन्। साथै यस राशिका मानिसबाट भगवान शिव पनि छिट्टै प्रसन्न हुन्छन्।

तसर्थ यस राशिका व्यक्तिहरूले सधैँ शिवको पूजा गर्नुका साथै शिवलिंगमा जल चढाउनुपर्छ। महाशिवरात्रिको दिन पनि पूर्ण भक्तिभावले शिवलाई जलाभिषेक गरी आफ्नो मनोकामना मागेमा शिवले पुरा गर्ने मान्यता रहेको छ ।

वृष राशि: वृष राशिको स्वामी शुक्र देव हो। शुक्रदेव र शुक्राचार्य भोलेबाबाका भक्त हुन्। त्यसैले यस महाशिवरात्रिमा भोलेनाथको पूजा गर्नाले वृष राशिको मसनिलाई धेरै फाइदा हुनेछ। यससँगै सन्तानले सुख प्राप्त गर्नेछन्।

मकर राशि: मकर राशिका मानिसलाई सधैँ भगवान शिवको कृपा मिल्छ। यस राशिका व्यक्तिहरूले दिनहुँ भगवान शिवको पूजा गर्नुपर्छ। यसले उनीहरुलाई हरेक कुरामा सफलता मिल्नेछ । अर्कोतर्फ महाशिवरात्रिमा पनि भगवान शिवको विशेष पूजा गर्नुहोस्, यसले तपाईको मनोकामना पूरा हुनेछ।

कुम्भ राशि : भगवान शिव कुम्भ राशिका मानिसहरूलाई पनि सधैँ दयावान हुनुहुन्छ। हरेक दिन शिवलिंगमा जल अर्पण गरी सोमबार क्षमता अनुसार दान गर्नाले जीवनमा धेरै धन र सुख प्राप्त हुन्छ । महाशिवरात्रिमा कुम्भ राशि भएका मानिसले शिवको अभिषेक पनि गर्नुहोस्। यसले ठूलो फाइदा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित