भोलि सोमबार अवश्य गर्नुहोस् यस्ता कार्य, मिल्नेछ भोलेनाथको विशेष कृपा !

ज्योतिष शास्त्रमा हप्ताका सात दिनको आफ्नै-आफ्नै महत्त्व छ। हरेक दिन विशेष उपाय गर्नाले घरमा सुख-समृद्धि र देवी लक्ष्मीको आगमन हुने धार्मिक मान्यता रहेको छ। सोमबार भगवान शिवको नाममा समर्पित छ।

यस दिन भगवान शिवको आराधना गर्ने व्यक्तिको मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ। यस दिन केही विशेष उपायहरू बताइएको छ, जसको पालना गर्नाले भगवान शिवको विशेष आशीर्वाद प्राप्त हुन्छ।

कुण्डलीमा रहेको कमजोर चन्द्रमा बलियो हुनेछ: ज्योतिषशास्त्रका अनुसार सोमबार चन्द्रशेखर स्तोत्रको पाठ गर्नाले व्यक्तिको कुण्डलीमा चन्द्रमाको स्थितिमा सुधार आउनेछ। यसका साथै सोमबार रामायणको अयोध्याकाण्डको पाठ पनि गर्न सक्नुहुन्छ।

सोमबार यस दिशामा फर्केर पूजा गर्नुहोस्: ज्योतिष शास्त्रका अनुसार सोमबार उत्तर दिशामा फर्केर पूजा गर्नु निकै शुभ मानिन्। यस दिन उत्तरमुखी भएर ‘ॐ नमः शिवाय’ ११, २१, ५१ वा १०८ पटक जप गर्दा भगवान शिवको कृपा प्राप्त हुन्छ।

भगवान शिवको अभिषेक यसरी गर्नुहोस्: तनावले सताएको व्यक्तिले सोमबार भगवान शिवको अभिषेक गर्नुपर्छ। यस दिन शिवलिंगलाई दूधमा चिनी मिसाएर अभिषेक गर्नुहोस्। यसले मानसिक तनावलाई मात्र हटाउँदैन तर दिमागलाई तेज बनाउँछ।

पञ्चामृतबाट अभिषेक: भगवान शिवलाई पञ्चामृतले अभिषेक गर्ने व्यक्ति रोगबाट मुक्त हुने धार्मिक मान्यता छ। यसका साथै सोमबार दरिद्रहण शिवस्त्रोत्रको पाठ गर्नाले आर्थिक लाभ मिल्छ।

शिव ताण्डव स्तोत्र: सोमबार भगवान शिवको विधिवत् पूजा गरी शिव ताण्डव स्तोत्रको पाठ गर्नाले घरको आर्थिक संकट हट्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित