झोलेवादको पराकाष्टा: रवि लामिछानेलाई ‘चिन्दिन’ भनेपछि एलिना चौहानलाई ‘श्रद्धाञ्जली’

रवि लामिछानेलाई ‘चिन्दिन’ भनेपछि गायिका एलिना चौहान अहिले आलोचनाको केन्द्रमा छिन्। एक टेलिभिज कार्यक्रममा रवि लामिछानेलाई ‘व्यक्तिगत रुपमा चिन्दिनँ’ भनेपछि लामिछानेका समर्थकले अहिले उनको आलोचना गरिरहेका छन्।

कार्यक्रम प्रस्तोताले रविको फोटो देखाएर ‘उहाँलाई कुन रुपमा चिन्नुहुन्छ ?’ भनेर गरेको प्रश्नमा एलिनाले भनेकी छन्, ‘रवि लामिछाने भनेर चिन्छु। त्यसबाहेक व्यक्तिगत रुपमा चिन्दिनँ। उहाँसँग मेरो भेट भएको छैन।’

एलिनाले बोलेको यही संवाद काटेर उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले गाली गरिरहेका छन्। कतिपयले उनको फोटोमा श्रद्धाञ्जली समेत लेखेका छन्। रविलाई नचिनेको भन्दै गाली खाइरहेकी चौहानले फेसबुकमा लामो स्टाटस लेख्दै स्पष्टीकरण दिएकी छन्।

‘आदरणीय दर्शक महानुभावहरु नमस्कार! आज म जहाँ जुन अवस्थामा छु, हजुहरुको माया र आशीर्वाको कारण छु। पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको अन्तवार्ताको एक अंशलाई लिएर निकै विवाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ।

उक्त कार्यक्रमको ‘कुन रुपमा चिन्नुहुन्छ’ भन्ने सेगमेन्टमा रवि दाइको फोटो देखाएर कार्यक्रम सञ्चालकले उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहाँलाई व्यक्तिगत रुपमा चाहिँ चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको हुनाले व्यक्तिगत रुपमा चिन्दिनँ भनेकी थिएँ।’– उनले लेखेकी छिन्।

एलिनाले आफ्नो फेसबुक स्टाटसमा रविलाई समाजसेवी, युवा नेता तथा कुशल पत्रकारका रुपमा चित्रण गरेकी छन्। गाली गर्नेहरुलाई उनले भावनामा बगेर भन्दा पनि पूरै कार्यक्रम हेरेर धारणा बनाउन आग्रह गरेकी छन्। ‘एकपटक आँखा चिम्म गरेर सोच्नुस त, मैले त्यसरी गाली खानुपर्नेगरी केही गरेकी छु र? म हजुरहरुकै छोरी, चेली, दिदी, बहिनी हो’

उनले लेखेकी छन्–‘त्यसैले त्यति तल झरेर गाली नगरिदिनुहोला। मैले जानीजानी कुनै गल्ती गरेकी छैन। कसैप्रति गलत धारणा राखेकी पनि छैन। तर पनि मेरो कुराले कसैको भावनामा आँच पुगेको भए माफि चाहन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित