टर्कीको भुईचालोमा परेर १२८ घण्टापछि सकुशल उद्धार गरिएको एक बालिका

टर्कीमा विनाशकारी भूकम्प गएको पाँच दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक जना १३ वर्षका बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।

अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर स्ट्रेचरमा राखिएका तस्बिरहरू सार्वजनिक भएका छन्। भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ।

भत्किएको भवनबाट ती महिला र बालिकालाई निकाल्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखिएका छन्। टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो।

अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्‍याएको थियो। दुवै भूकम्पमा परि टर्की र सिरियामा मृ’त्यु हुनेहरूको सङ्ख्या २८,००० नाघेको छ।

भूकम्प प्रभावित क्षेत्रहरूबाट ११० घण्टा पछिसम्म पनि एक जना किशोरी सहित कैयौँ मानिसहरू जीवितै उद्धार गरिएका विवरण आएका छन्। जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एकजना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको छ।

टर्कीको मानवीयता सहायता संस्थाले समेत एकजना पुरुषलाई स्ट्रेचरमा हालेर एम्बुलेन्समा लैजाँदै गरेको भिडिओ सार्वजनिक गरेको छ। पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिवार समेत परकम्पहरू महसुस भएका छन्।

पछिल्लो परकम्प ४.६ म्याग्निच्युड मापन गरिएको छ। सिरियाका सरकारी सञ्चार माध्यमहरूका अनुसार दमास्कसले अब आफ्ना नियन्त्रण रेखा हुँदै विद्रोही नियन्त्रित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पठाउने अनुमति दिएको छ।

राष्ट्रसङ्घीय महासचिवका एकजना प्रवक्ताले बीबीसीलाई बताए अनुसार उनीहरू विद्रोही पकड क्षेत्रमा “सक्दो छिटो” थप सहायता पुर्‍याउने प्रयास गरिरहेका छन्।

उनले यति बेला सिरियामा रहेको भन्दा “थप जटिल आपत्कालको कल्पना गर्न कठिन रहेको” बताएका छन्। संयुक्त राष्ट्रसङ्घले ठन्डी मौसमकाबीच सीमाका दुवैतर्फ झन्डै नौ लाख मानिसहरूलाई तत्काल तातो खाना आवश्यक पर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित