“म्यार्भे! इरम! म्यार्भे! इरम!” उद्धारकार्यमा खटिएका मुस्ताफा ओज्टुर्क चिच्याएर नाम बोलाउँदै छन्। वरिपरी भएका सबै जनालाई शान्त रहन निर्देशन दिइएको छ।
उद्धारकार्यमा खटिएको एउटा टोलीले दुई दिदीबहिनीको खोजी गरिरहेको छ। भूकम्पबाट बच्न सफल भएका अरू मानिसका अनुसार ती दुई जना भग्नावशेषमा फसेका छन्।
मसिनो आवाज सुन्न सकिने उपकरण लिएर उद्धारकर्मीहरू केही प्रतिक्रिया आउँछ कि सुन्न प्रयासरत छन्। आशावादी भएर सबै जना हलचल नगरी बसेका छन्।
”प्यारी इरम, म तिम्रो नजिकै छु। के तिमी मेरो आवाज सुनिरहेकी छ्यौ?” मुस्तफा भन्छन्। हामीले केही सुन्न सकेका छैनौँ। तर उनले प्रतिक्रिया जनाएकी छन् भन्ने कुरा भने पक्का भएको छ। ती दुई दिदीबहिनीका केही साथीहरू हामीसँगै शान्त भएर प्रतीक्षा गरिरहेका छन्।
”गज्जब! अब तिमी हलचल नगरी मेरा प्रश्नको उत्तर देऊ! उनी म्यार्भे हुन्। प्यारी म्यार्भे, मेरो प्रश्नको उत्तर देऊ,” उनी भन्छन्। दक्षिण टर्कीको आन्टाक्यास्थित पाँचतले आवासीय भवनको भग्नावशेषमा २४ वर्षकी म्यार्भे र उनकी १९ वर्षे बहिनी इरम फसेका थिए। उक्त भवन भूकम्पका कारण भत्किएको थियो।
भूकम्प गएको दुई दिन भइसकेको थियो। तर उनीहरूले हप्तौँ भए झैँ महसुस गरेका थिए। ”आज बुधवार हो, होइन? तिमीहरू थुनिएको १४ दिन भएको छैन। हामीलाई केही समय देऊ। तिमीहरू चाँडै बाहिर निस्किनेछौँ।”
त्यस्तो हुन केही समय लाग्छ भन्ने मुस्ताफालाई थाहा थियो। तर ”उनीहरूले नै हरेस खाए जीवित रहन नसक्ने” मुस्ताफाले हामीलाई बताए। म्यार्भे र इरमले चुट्किला भन्दै हाँस्न थाले। मुस्ताफाको अनुहारमा म मुस्कान देखिरहेको छु। ”ठाउँ भए उनीहरू सायद नाच्ने थिए,” उनी भन्छन्।
उद्धारकर्ताहरूको गणनाअनुसार ती दुई दिदीबहिनी दुई मिटर भित्र थिए। तर उक्त टोलीका नेतृत्वकर्ता हसान बिनायका अनुसार कङ्क्रिटमा सुरुङ खन्नु निकै जोखिमपूर्ण काम हो।
मुस्ताफाका अनुसार म्यार्भे उद्धारकार्यमा खटिएकाहरूको अवस्थाबारे चिन्तित छिन्। टर्कीको स्थानीय समयानुसहार साढे आठ बजेको छ र यहाँ निकै जाडो छ। यो क्षेत्रमा निकै चिसो हुन्छ।





















Discussion about this post