१२ घण्टापछि शुक्र ग्रह मीन राशिमा प्रवेश गर्दै, यी राशिको चम्किनेछ भाग्य!

वैदिक ज्योतिषशास्त्रका अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा मानव जीवन र पृथ्वीमा यसको शुभ-अशुभ प्रभाव देखिन्छ। अबको १२ घण्टापछि शुक्र ग्रह आफ्नो उच्च राशि मीन राशिमा प्रवेश गर्न लागेको छ।

कुनै समयमा एकै महिना २ वा दुई भन्दा बढी ग्रहले शशि परिवर्तन गर्दा कुनै ग्रहले एकै राशिमा शुभ प्रभाव पर्छ भने कुनै ग्रहले अशुभ प्रभाव पार्छ। तर राशि परिवर्तन गरेको ग्रह के सँग सम्बन्धित छ त्यसमा निर्भर गर्दछ।

कुनै ग्रहको राशि परिवर्तनको प्रभाव सबै राशिका मानिसहरूमा देखिनेछ। तर त्यहाँ ३ राशि छन्, जसका लागि शुक्रको गोचरले आर्थिक रूपमा शुभ साबित हुन सक्छ। जान्नुहोस् कुन-कुन राशि?

कर्कट राशि : शुक्रको यस राशि परिवर्तनको समयमा कर्कट राशिलाई भाग्यको पूर्ण साथ मिल्नेछ। समस्याहरू कम हुनेछन् र धन पनि प्राप्त हुनेछ। धन अभाव अन्त्य हुनेछ। जागिर परिवर्तन गरेर पनि सफलता हात पार्न सकिन्छ। यसका साथसाथै नयाँ अवसर पनि आउन सक्छ।

सिंह राशि: शुक्रको राशि परिवर्तनबाट सिंह राशिका व्यक्तिलाई अचानक आर्थिक लाभ मिल्न सक्छ, पहिले नै कुनै लगानी गर्नुभएको छ भने, यस समयमा आर्थिक पक्ष बलियो हुन सक्छ।

वृश्चिक राशि : शुक्रको यो गोचरका कारण आम्दानी बढ्नेछ। अध्ययनका लागि विदेश जाने सम्भावना पनि छ। विद्यार्थीहरूलाई मिहिनेतको फल मिल्नेछ। जीवनसाथीको साथमा राम्रो समय बित्नेछ। यो समय तपाईका लागि धेरै खुसी ल्याउनेछ।

कुम्भ राशि: यो करियरको लागि राम्रो समय हो। सम्पत्तिको लेनदेनमा लाभ हुनेछ। लामो यात्राले आर्थिक लाभ मिल्नेछ। घरमा कुनै समारोह वा विवाहमा सहभागी हुन सक्नु हुनेछ। बैङ्क ब्यालेन्स पनि बढ्नेछ ।

मीन राशि : शुक्रको यो गोचरले मीन राशिका व्यक्तिलाई लाभ मिल्नेछ। नयाँ व्यापार सुरु गर्न चाहनुहुन्छ भने त्यसमा फाइदा हुनेछ। व्यापार विस्तार गर्ने योजनाले पनि शुभ परिणाम ल्याउनेछ। यसका साथै दाम्पत्य जीवनमा पनि सुख मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित