शिवरात्रिको दिन भगवान शिवलाई भुलेर पनि नचढाउनुहोस् यी ५ चीज, हुनसक्छ अनिष्ट !

महाशिवरात्रिको दिन भक्तजनहरू शिव मन्दिरमा गएर जलाभिषेक र रुद्राभिषेक गर्छन्। यसका साथै मनोकामना पूरा गर्न शिवलिंगमा धेरै चीजहरू चढाइन्छ।

तर, कयौं पटक भूलवश केही यस्ता कुराहरू चढाइन्छ, जसलाई शास्त्रमा निषेध मानिएको छ। यस्तो अवस्थामा महाशिवरात्रिको दिन शिवको पूजामा कुन-कुन चिजको प्रयोग गर्नु हुँदैन त ? थाहा पाउनुहोस्….

तुलसीको पात : हिन्दू धर्ममा तुलसीको विशेष महत्व भएतापनि शिवको पूजामा यसको प्रयोग निषेध गरिएको छ। शिवको पूजामा तुलसीको प्रयोग गर्दा मनोकामना पूरा हुँदैन।

तिल : शास्त्र अनुसार तिल शिवको पूजामा निषेध गरिएको छ। तिलको उत्पत्ति भगवान विष्णुको शरीरको फोहोरबाट भएको विश्वास छ। यही कारण शिवको पूजामा तिलको प्रयोग हुँदैन।

सिन्दुर : शिवलिंगमा सिन्दुर चढाउन निषेध गरिएको छ। यो किनभने सिन्दुरलाई सौभाग्यको प्रतीक मानिन्छ। जबकि भोलेनाथ बैरागी हुन्। शिवलिंगमा खरानी चढाउनु शुभ मानिन्छ।

नरिवल : शास्त्र अनुसार शिवलिंगमा नरिवल जलले अभिषेक गर्नुहुँदैन। नरिवललाई लक्ष्मीको प्रतीक मानिन्छ। यसका साथै यो भगवान विष्णुसँग पनि सम्बन्धित छ। शिवको पूजामा नरिवलको प्रयोग गर्नु हुँदैन।

केतकी फूल : एक भाँडो शुद्ध जल, अक्षता र बेलपत्रले भगवान शिवको पूजा गर्न सकिन्छ। शिव पुराण अनुसार भगवान शिवको पूजामा केतकी फूलको प्रयोग गर्नु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित