अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको ह’त्या

तुलसीपुर । दाङमा एक महिलाले श्रीमानको ह’त्या गरेकी छिन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको ह’त्या गरेको प्रहरीले जनाएको छ ।

आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले बताएको छ । हत्याको आरोपमा प्रहरीले गायत्रीलाई प’क्राउ गरी अनुसन्धान थालेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित